site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चरेससहित दुईजना समातिए

काठमाडौं । अवैध लागुऔषध चरेस दुई किलो ७५ ग्रामसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको पचालझरना गाउँपालिका–६ का २८ वर्षीय अर्जुन बुढा र २७ वर्षीय वीरेन्द्र बुढा छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका–३, चिसापानी खैरेनीबाट उक्त परिमाणको चरेससहित शुक्रबार (हिजो) अपराह्न उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro