site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सरस्वती क्लबले थ्री बाई थ्री स्ट्रीट विश्व च्याम्पियनसिप खेल्ने 

काठमाडौं । सरस्वती युथ क्लबले थ्री बाई थ्री स्ट्रीट विश्व फुटबल च्याम्पियनसिप खेल्ने भएको छ । ‘बी’ डिभिजन सरस्वती क्लबको प्रतिनिधित्व गर्दै पानमा नेपालका खेलाडीले चीनको क्वीन्डहोमा यही मंसिर ११ देखि १६ गतेसम्म हुने च्याम्पियनसिप खेल्न लागेका हुन् ।

विश्व फुटबल महासंघ (फिफा)अन्तर्गत आईएसएफएले सञ्चालन गर्ने उक्त च्याम्पियनसिपमा आयोजक चीनसहित २४ देशको सहभागिता रहनेछ । चीन जाने टोलीलाई सरस्वती क्लबका अध्यक्ष उत्तम भण्डारी, वाग्मती प्रदेशसभा सदस्य सुनिल केसी, क्लबका पूर्वअध्यक्ष बलराम ढकाल र सल्लाहकार अच्युत पराजुलीले बिदाइ गरे ।

सात सदस्यीय नेपाली टोली आइतबार चीन प्रस्थान गर्नेछ । टोलीका खेलाडीमा दिपेश घले, पेम्बा दोर्जे लामा, सतिश पराजुली, शुभांशु शर्मा र दिभांशु शर्मा छन् । प्रशिक्षकमा असीम अर्याल र व्यवस्थापकमा विकल्प खरेल छन् ।

उपाधि जित्ने लक्ष्यका साथ आफूहरूले दुई महिनादेखि निरन्तर तयारी गरेको प्रशिक्षक अर्यालले बताए । उनका अनुसार, फुटसलभन्दा सानो कोर्टमा खेलिने थ्री बाई थ्री फुटबल आठ मिनेटको हुनेछ ।

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro