site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

भनिन्छ - धेरै अवस्थामा मानिसले ग्रहण गर्ने धारणा सत्यभन्दा बलियो हुन्छ । नेपालको अर्थतन्त्रको सन्दर्भमा पनि आर्थिक विज्ञहरूले निकै नकारात्मक धारणा बनाएको वर्तमान अवस्थामा एउटा अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सीले गरेको नेपालको मूल्यांकनले अर्थतन्त्रमा सकारात्मकता ल्याउने अवस्थाको सिर्जना भएको छ । 

नेपालको अर्थतन्त्र निकै नकारात्मक रहेको वा देश डुबिसकेको तर्क गर्दै यस देशमा केही पनि हुन सक्दैन भन्नेहरूलाई केही समय गम खानका लागि पनि यो रेटिङले काम गरेको छ । यो रेटिङले अहिलेको अवस्थामा तुरुन्त केही परिवर्तन नल्याउने भए पनि यसको सकारात्मक प्रयोग गर्न सके ओरालो लागेको अर्थतन्त्रलाई ुब्रेकु लगाउन सकिन्छ । 

संसारमा मुख्यरूपमा तीनवटा रेटिङ एजेन्सी छन् - मुडिज् लगानी सेवा, स्ट्यान्डर्ड एन्ड पोर्स र फिच समूह । यी एजेन्सीले कुनै पनि देश वा कर्पोरेटको साख अर्थात् क्रेडिट ए, बी, सी, डी जस्ता विभिन्न श्रेणीमा वर्गीकृत गर्छन् । फिचले नेपालको साखलाई 'बीबी माइनस' भनेर रेटिङ गरिदिएको छ । नेपालको वित्तीय इतिहासमा देशको सार्वभौम रेटिङ भएको यो पहिलोपल्ट हो र यसले संसारभरका लगानीकर्तालाई देशको आर्थिक अवस्था कुन तहको छ तथा नेपालमा लगानी गर्न हुन्छ वा हुँदैन भन्ने पहिलो सूचना प्रदान गर्छ । 

अहिले नेपालको रेटिङलाई सकारात्मक मान्न सकिन्छ । तर, अर्थतन्त्र उकालो लागेन भने वा राजनीतिक विग्रह भयो भने यो रेटिङ तल पुग्ने खतरा पनि रहन्छ । भविष्यमा हाम्रो रेटिङ सी वा डी मा ओर्ल्यो भने त्यसबेला रेटिङ भएको भन्दा नभएको ठीक हुने रहेछ भन्ने जनधारणा पनि बन्न सक्छ । अहिलेको अवस्थामा भने यो रेटिङले नेपाल लगानीको लागि सकारात्मक रहेको सन्देश दिएको छ ।

संसारमा धेरै रेटिङ एजेन्सीहरू छन् तर माथि उल्लेख गरिएका तीन एजेन्सीको अन्तर्राष्ट्रिय बजारमा राम्रो साख भएका कारणले पनि यी तीन कंपनीले कुनै पनि सार्वभौम संस्था वा देशलाई गरेको रेटिङको महत्त्व भएको हो । नेपाल सरकारले विदेशको ऋण बजारमा ुबन्डु जारी गर्नु परेको अवस्थामा वा वैदेशिक लगानी निम्त्याउन यस रेटिङले निकै सहयोग गर्छ । 

यो रेटिङले नेपाल सरकार आफूले लिएको ऋण तिर्न कति सकारात्मक छ वा उसको ऋण तिर्ने क्षमता कति छ भन्ने सूचना संप्रेषण गर्छ । नेपालले फिच रेटिङमा आफूले पाएको बीबी माइनस रेटिङभन्दा अघि बढेर फिचले नेपालको अर्थतन्त्रको सन्दर्भमा गरेको टिप्पणीहरूलाई मनन गर्ने र ती बुँदाहरूलाई विदेशी ऋण वा लगानी ल्याउने क्रममा प्रयोग गर्ने क्षमता विकास गर्नु पर्छ । 

फिचले नेपालको ऋण कम भएको तर संरचनात्मक कारकहरू कमजोर भएको जनाएको छ । फिचका अनुसार नेपालको वैदेशिक मुद्राको संचिति राम्रो रहेको र जलविद्युत क्षेत्रको वृद्धि सकारात्मक देखिएकाले कुल गार्हस्थ उत्पादन बीबी तहको मध्य विन्दुभन्दा तलै भएपनि २०६३ को राजनीतिक परिवर्तनपश्चात् सुधारात्मक रहेको जनाएको छ । यस टिप्पणीले नेपालको आर्थिक अवस्था सकारात्मक भएको सूचना दिन्छ जुन कुरालाई नेपालले अन्तर्राष्ट्रिय बजारमा फैलाउन सक्नुपर्छ ।

त्यस्तै, नेपालको सरकारी ऋण कुल गार्हस्थ उत्पादनको ४४ प्रतिशतमात्र छ जुन बीबी तहका अन्य देशको मध्यविन्दु ५५ प्रतिशतभन्दा कम हो । फिचले यो ऋणको प्रतिशत नबढ्ने अनुमान गरेको छ । नेपालका प्रदेशहरूको कुनै बाह्य ऋण नभएको र सरकारी संस्थाहरूको ऋण पनि सरकारले दिएकोले यो रेटिङ भएको जनाएको छ ।

फिच समूहले नेपालको रेटिङ गणना गर्दा अन्य धेरै बुँदाहरूमा निकै गहन टिप्पणी गर्दै भविष्यमा नेपालको कुन दिशा लिनसक्छ भन्ने अनुमान पनि गरेको छ । त्यसैले नेपालका आर्थिक प्रशासनमा प्रत्यक्षरूपमा संलग्न सरकारी, अर्ध सरकारी र निजी क्षेत्रका संस्थाहरूले नेपालको आर्थिक भविष्य सकारात्मक छ भन्ने सन्देश सशक्त ढंगले अघि बढाउन उपयुक्त समय आएको छ । यस समयको सदुपयोग गरौँ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro