site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्रष्टा समाजको सल्लाहकार र उपसमितिहरू गठन 

काठमाडौं । नेपाल स्रष्टा समाजको हालै बसेको बैठकबाट सल्लाहकारहरूको मनोनयनसहित आन्तरिक कार्यविभाजन गरिएको छ ।

समाजको सल्लाहकारमा अग्रज साहित्यकार एवं साहित्यिक पत्रकारद्वय नगेन्द्रराज शर्मा र रोचक घिमिरे, नाटककार एवं साहित्यकार अशेष मल्ल, प्रा. डा. गोविन्दराज भट्टराई र प्रा. डा. लक्ष्मणप्रसाद गौतमलाई मनोनयन गरिएको जनाइएको छ ।

यस्तै, विभिन्न उपसमितिका संयोजक पनि तोकिएको छ । अन्तर्राष्ट्रिय सम्पर्क उपसमितिको संयोजकको जिम्मेवारी उपाध्यक्ष डा. सदानन्द कडेललाई दिइएको छ । प्रदेश समितिहरूसँग समन्वयको जिम्मेवारी महासचिव देविकानन्द तिमल्सिनालाई र प्रचार समितिको जिम्मा प्रदीप सापकोटालाई दिइएको छ ।

सदस्य डा. शान्तिमाया गिरीलाई समाजको मुखपत्र ‘स्रष्टा दर्पण’को कार्यकारी सम्पादकको जिम्मेवारी बैठकबाट सुम्पिइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  ०९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro