site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
हुन्डाईले सार्वजनिक गर्‍यो पहिलो थ्री–रो ईभी एसयूभी

काठमाडौं । हुन्डाई मोटरले आफ्नो पहिलो थ्री–रो (तीन सिट पंक्ति भएको) विद्युतीय एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले ठूलो ‘फेम्ली’ कारको बढ्दो बजारमा बलियो स्थान बनाउने उद्देश्यसहित बुधबार उक्त ईभी एसयूभी सार्वजनिक गरेको हो ।

हुन्डाईको आयोनिक ९ नाम दिइएको यो गाडी सन् २०२५ को सुरुमा अमेरिका र दक्षिण कोरियाली बजारमा उपलब्ध गराइनेछ । यसको रेन्ज ४८२ किलोमिटरभन्दा बढी छ । युरोप र अरू बजारमा त्यसपछि गाडी उपलब्ध गराइने कोरियाली कम्पनीले जनाएको छ ।

मिनिभ्यान र अरू गाडीलाई विस्थापित गर्दै परिवार र साथीहरू एकसाथ सहर घुम्नेदेखि रोड ट्रिपमा जान थ्री–रो एसयूभी मुख्य साधन बन्दै गएको छ ।

लुसिड, जेनरल मोटर्स, भोल्भो, भिनफास्टलगायत कम्पनी थ्री–रो ईभी सार्वजनिक गर्ने तयारीमा छन् । हुन्डाईको कियाले समेत यो गाडी ल्याइसकेको छ ।

हुन्डाईको उक्त थ्री–रो आयोनिक ९ फास्ट चार्जिङबाट २४ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज हुने जनाइएको छ । रोयटर्सबाट ।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro