site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालको कानुन उल्लंघन गर्ने विदेशीमा सबैभन्दा बढी चिनियाँ

काठमाडौं । नेपालको कानुन उल्लंघन गर्ने विदेशी नागरिकमा सबैभन्दा ठूलो संख्या चिनियाँको रहेको पाइएको छ । नेपालमा प्रवेश गरेपछि नेपालको कानुन उल्लंघन गरेको अभियोगमा निस्कासनमा पर्ने गरेका छन् । 

गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागबाट प्राप्त विवरण अनुसार, पछिल्लो १० वर्ष (सन् २०१४ देखि २०२३ सम्म) मा नेपालले ४ हजार ३०८ जना विदेशीलाई निस्कासन गरेको छ ।  नेपालको कानुन उल्लंघन गरेका कारण मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई निस्कासन गर्ने निर्णय गरेको थियो । सामान्यदेखि गम्भीर प्रकृतिका अपराध गरेको भेटिएपछि निस्कासन गरिएको हो ।

बितेको १० वर्षमा नेपालले निस्कासित गरेका कुल विदेशी नागरिकमध्ये १ हजार ९५६ जना चिनियाँ छन् । अर्थात निस्कासित हुने कुल विदेशीमध्ये झण्डै आधा ४५.४० प्रतिशत चिनियाँ देखिन्छन् । 

Dabur Nepal
NIC Asia

अध्यागमनको विवरण अनुसार, पछिल्लो १० वर्षमा नेपालले प्रत्येक वर्ष औसतमा ४३० जनाभन्दा बढी विदेशीलाई निस्कासित गर्दै आएको छ, जसमा १९५ जनाभन्दा बढी चिनियाँ हुने गरेका छन् । 

नेपालले सन् २०१४ मा १९० जना, २०१५ मा २७५ जना, २०१६ मा २६९ जना, २०१७ मा ५५९ जना, २०१८ मा ६८७ जना, २०१९ मा ६७१ जना, २०२० मा ३३२ जना, २०२१ मा ३०८ जना, २०२२ मा ५७० जना र २०२३ मा ४५८ जना विदेशीलाई निस्कासित गरेको थियो ।

यस्तै, नेपाल सरकारले सन् २०१४ मा ६२ जना, २०१५ मा ८७ जना, २०१६ मा १०९ जना, २०१७ मा २२० जना, २०१८ मा ३९१ जना, २०१९ मा ४२७ जना, २०२० मा २२६ जना, २०२१ मा ३४ जना, २०२२ मा १९१ जना र २०२३ मा २०९ जना चिनियाँलाई निस्कासन गरेको अध्यागमनको तथ्याङ्कले देखाउँछ । 

सबैभन्दा बढी चिनियाँ नागरिक ओभरस्टे (भिसा समयभन्दा बढी बसेको) गरेका कारण नेपालबाट निस्कासित भएका हुन् । सन् २०१७ देखि २०२३ सम्मको सात वर्षको अवधिमा १ हजार ४३५ चिनियाँलाई ओभरस्टे गरेको कसुरमा नेपालले निस्कासन गरेको थियो । 

“नेपालमा ओभरस्टे गर्नेमा सबैभन्दा बढी चिनियाँ छन् । दुई कारणले चिनियाँले ओभर स्टे गरेको देखिन्छ । पहिलो, भाषाको समस्याका कारण र दोस्रो, जरिवाना तिरेपछि मिलिहाल्छ भन्ने लापरबाहीका कारण,” अध्यागमन विभाग स्रोतले बाह्रखरीसँग भन्यो । 

नेपालको अध्यागमन ऐनविपरीत कार्य गर्ने विदेशीलाई कसूरको प्रकृति हेरी १० वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निस्कासन गर्न सकिने कानुनी व्यवस्था छ । 

नेपालको कानुन उल्लंघन गर्ने विदेशीलाई दुई तरिकाले कारबाही गरिन्छ– एउटा अध्यागमनसम्बन्धी कसूर र अर्को अध्यागमनइतरका कसूर । अध्यागमन कसुरअन्तर्गत ओभरस्टे, जाली भिसा, जाली राहदानी पर्छन् । ठगी, लागु औषध, राजश्व चुहावट, सार्वजनिक अपराध, कर्तव्य ज्यान, संगठित अपराध आदि अध्यागमनइतरका कसूरमा पर्छन् । 

अध्यागमनको तथ्याङ्क अनुसार, नेपालबाट निस्कासित हुने विदेशी ८० प्रतिशतभन्दा बढी ओभरस्टे गरेका कारण निस्कासनमा पर्ने गरेका छन् । “पर्यटन भिसामा १५० दिनभन्दा बढी नेपालमा बस्न पाइँदैन भनी हामीले पनि बुझाउन सकेका छैनौं,” अध्यागमन विभाग स्रोतले भन्यो ।

सन् २०१७ मा ओभरस्टे गरेका कारण २१२, समुन्द्री घोडा समेतको अखेटा ओसार–पसार गरेको आरोपमा १ र अन्य कसुरमा ४ जना चिनियाँलाई सरकारले निस्काशन गरेको थियो । 

नेपाल सरकारले सन् २०१८ मा ओभरस्टे गरेका कारण ३६१, जाली राहदानी/भिसाको आरोपमा १, विना भिसा प्रवेश गर्न खोजेको आरोपमा १, सुन चोरी पैठारीको आरोपमा ३, विदेशी विनिमय अपचलनको आरोपमा ६, ठगीको आरोपमा १ र अखेटा ओसारपसार गरेको आरोपमा १ जना चिनियाँलाई निस्कासन गरेको थियो ।

सन् २०१९ मा ४१५ जना ओभरस्टे गरेको आरोपमा, ४ जना सुन चोरी पैठारीको आरोपमा, अवैध हुन्डी कारोबारको आरोपमा १ जना र अन्य कसूरको आरोपमा १ जना चिनियाँलाई निस्कासन गरिएको थियो । 

यस्तै, अध्यागमनको तथ्याङ्क अनुसार, सन् २०२० मा ओभरस्टे गरेको आरोपमा ४८, भिसाविपरीतको कार्य गरेको आरोपमा १६३, आन्दोलनमा सहभागी भएको आरोपमा १, जाली भिसाको आरोपमा १, संगठित अपराधको आरोपमा ३, विदेशी मुद्रा अपचलन गरेको आरोपमा २ र अन्य कसुरमा ८ जना चिनियाँ निस्कासनमा परेका थिए । 

सन् २०२१ मा ओभरस्टे गरेका कारण २८, भिसाविपरीतको कार्य गरेको आरोपमा २, मानव बेचबिखन तथा ओसार–पसार गरेको आरोपमा १, विदेशी मुद्रा अपचलन गरेको आरोपमा १ र सुन निकासी पैठारीको आरोपमा २ जना चिनियाँ निस्कासनमा परेको अध्यागमनको तथ्याङ्कले देखाउँछ । 

सन् २०२२ मा ओभरस्टे गरेका कारण १८१, राजस्व छलीको आरोपमा २, नक्कली भीसाको आरोपमा २ र अन्य आरोपमा ६ जना चिनियाँ नेपालबाट निस्कासित भएका थिए । 

गतवर्ष सन् २०२३ मा २०९ जना चिनियाँ निस्कासित भएका थिए । उनीहरूमध्ये १९० जनलाई ओभर स्टे गरेको कारण, ४ जनालाई लागूपदार्थ ओसार–पसार कसुर, ८ जनालाई विदेश मुद्रा अपचलन, ३ जनलाई संगठित अपराध र ४ जनालाई अन्य कसूरमा नेपालबाट निस्कासित गरिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ०८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro