site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी ठगी प्रकरण : जोशीलाई काठमाडौं ल्याउने तयारी
फाइल तस्बिर ।

काठमाडौं । प्रहरीले स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याउने तयारी गरेको छ ।

जोशी र पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएसँगै जोशीलाई मंगलबार काठमाडौं ल्याउने तयारी गरिएको हो । त्यसका लागि कास्की प्रहरीलाई काठमाडौं प्रहरीले अनुरोध गरेको छ ।

जोशीको बयान सकिएलगत्तै लामिछानेलाई ल्याउने तयारी प्रहरीको छ । जोशी र लामिछानेलाई छुट्टाछुट्टै समयमा ल्याउने योजनामा काठमाडौं प्रहरी छ ।

कास्की प्रहरीका डीएसपी बसन्त शर्माले जोशीलाई मंगलबार काठमाडौं पठाउने टिकट ‘कर्न्फम’ नभएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro