site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कर्णालीमा आठ पदमा ४४ जनाको उमेदवारी
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका निम्ति मनोनयनपत्र दर्ता गराएपछि एकार्कालाई शुभकामना दिँदै उमेदवार । तस्बिर : हेमन्त केसी/रासस ।

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४ उमेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । रिक्त पदका निम्ति यही मंसिर १६ गते हुने उपनिर्वाचनमा ४४ जनाले उमेदवारी दिएका हुन् ।

कर्णालीमा नलगाड नगरपालिकाका उपप्रमुख, महावु गाउँपालिकाका अध्यक्ष, सर्केगाड गाउँपालिकाका उपाध्यक्षका साथै विभिन्न स्थानीय तहमा पाँच वडाध्यक्षको निधन भएपछि रिक्त रहेका पदमा उपनिर्वाचन हुन लागेको हो । नगर उपप्रमुख पदका निम्ति ६, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि सात/सात, पाँच वडाध्यक्षका निम्ति २४ जनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयनपत्र दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएका छन् ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखका निम्ति ६ जनाको उमेदवारी परेको छ । नेपाली कांग्रेसबाट इन्द्राचन्द सिंह, नेकपा (एमाले)बाट सुनिता बोहरा, नेकपा (माओवादी केन्द्र)बाट देवका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन र नेपाल समाजवादी पार्टीबाट पवित्रा जैशीले मनोनयनपत्र दर्ता गराएका छन् । यहाँ ०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उपप्रमुख सरिता सिंहको निधनपश्चात् रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । ०८० कात्तिक १८ गतेको भूकम्पमा परी उनको निधन भएको थियो ।

Dabur Nepal
NIC Asia

दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि सातजनाको उमेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखका अनुसार, कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादी केन्द्रबाट जंगबहादुर बरालमगर, नेकपा (एकीकृत समाजवादी)बाट जगतबहादुर हमाल, एमालेबाट जंगबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशकुमार बुढा, राप्रपाबाट सुर्जे रावत र नेपाल मजदुर किसान पार्टीबाट दुर्गबहादुर मगरले अध्यक्ष पदका निम्ति मनोनयनपत्र दर्ता गराएका छन् । यहाँ गाउँपालिका अध्यक्षमा निर्वाचित कांग्रेसका लछुमन गुरुङको ७६ वर्षको उमेरमा ०७९ माघ २७ गते निधन भएको थियो । 

यस्तै, दैलेखकै दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका निम्ति कांग्रेसबाट रेशमबहादुर शाही, एमालेबाट लालबहादुर शाही, माओवादी केन्द्रबाट ढकेन्द्र शाही, नेमकिपाबाट पूर्णप्रसाद उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेशम मल्ल गरी ६ जनाले उमेदवारी दिएका छन् । एमालेबाट निर्वाचित दुल्लु–१३ का वडाध्यक्ष बिर्खबहादुर शाहीको ६५ वर्षको उमेरमा ०८० माघ २२ गते निधन भएको थियो ।

हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्षका निम्ति सातजनाको उमेदवारी परेको छ । कांग्रेसबाट सविता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमिल्सिना, राप्रपाबाट संगीता शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाँचा बुढाले उपाध्यक्षमा उमेदवारी दिएका छन् । उक्त पदका निम्ति रामसरा खड्का साउद र नरेश शाहीले स्वतन्त्र उमेदवारी दिएका जनाइएको छ । यहाँ ०७९ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित चन्द्रसिंह कार्कीको निधनपश्चात् उपनिर्वाचन हुन लागेको हो । ०८१ भदौ ४ गते सुर्खेतबाट नेपालगन्ज जाने क्रममा बस दुर्घटना हुँदा उनको निधन भएको थियो ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को रिक्त वडाध्यक्ष पदको उपनिर्वाचनमा चारजनाको उमेदवारी दर्ता भएको छ । यहाँ कांग्रेसबाट राजेन्द्रप्रसाद न्यौपाने, एमालेबाट नरबहादुर रोकाय, माओवादी केन्द्रबाट नरबहादुर झाक्री र एकीकृत समाजवादीबाट ज्योति घर्तीको उमेदवारी परेको छ । यहाँ एमालेबाट निर्वाचित वडाध्यक्ष नन्दलाल रोकाको ०८० माघमा निधन भएको थियो ।

कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष पदका निम्ति ६ जनाको उमेदवारी परेको छ । कांग्रेसबाट पैलबहादुर शाही, एमालेबाट ऐनबहादुर शाही, नेमकिपाबाट खड्कराज शाही, माओवादी केन्द्रबाट नौशोभा शाही, राप्रपाबाट गोगनबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गगन बमले उमेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए । यहाँ माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित परबहादुर शाही ०७९ असोज २३ गते राँचुलीमा आएको बाढीमा परी बेपत्ता भएका थिए ।

यस्तै, जाजरकोटको कुशे गाउँपालिका–७ मा हुने वडाध्यक्षको उपनिर्वाचनका निम्ति चारजनाको उमेदवारी दर्ता भएको छ । कांग्रेसबाट खम्बबहादुर सिंह, एमालेबाट डम्मरबहादुर घर्ती, माओवादी केन्द्रबाट गोरखबहादुर नेपाली र राप्रपाबाट लालबहादुर खत्रीको उमेदवारी दर्ता भएको छ । यहाँ माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनबहादुर घर्तीको ०७९ असार ४ गते निधन भएको थियो ।

रुकुम पश्चिम भागमा पर्ने सानीभेरी गाउँपालिका–५ को वडाध्यक्षका निम्ति चारजनाको उमेदवारी परेको छ । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष अलबहादुर खत्रीको ०८० माघ २० गते जन्डिसका कारण निधन भएपछि रिक्त रहेको उक्त पदमा कांग्रेसबाट मोतिराम खत्री, माओवादी केन्द्रबाट जसीराम बस्नेत र एकीकृत समाजवादीबाट हंसराज पुरीले उमेदवारी दिएका छन् । वीरबहादुर बस्नेतले स्वतन्त्र उमेदवारी दिएका जनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro