site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कीर्तिपुर मेयरमा दिउँसो ३ बजेसम्म १५ जनाको उमेदवारी

काठमाडौं । उपनिर्वाचनअन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति हालसम्म १५ जनाले उमेदवारी दिएका छन् । आइतबार दिउँसो ३ बजेसम्म स्वतन्त्र आठ र दलका तर्फबाट सात गरी १५ जनाले मनोनयनपत्र दर्ता गराएका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले बाह्रखरीलाई जानकारी दिए ।

यस्तै, कीर्तिपुर–१ को वडाध्यक्ष पदका निम्ति स्वतन्त्र दुई र दलका तर्फबाट पाँच गरी सातजनाले उमेदवारी दिएका छन् ।

कीर्तिपुर–४ को वडाध्यक्ष पदका निम्ति स्वतन्त्र चार र दलका तर्फबाट ६ गरी १० जनाले उमेदवारी दर्ता गराएका पौडेलले बताए ।

उमेदवारी दर्ता कार्य जारी छ । निर्वाचन आयोगले आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ताको समय निर्धारण गरेको छ ।

स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते मतदान हुँदै छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro