site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’

काठमाडौं । आन्तरिक राजस्व विभागले शनिबार सबैभन्दा बढी कर तिर्ने कम्पनी तथा व्यक्तिहरूरुलाई सम्मान गरेको छ । विभागले आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी कर बुझाउने करदातालाई सम्मान गरेको हो ।

विभागले सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गरी सबैभन्दा बढी कर बुझाउने कम्पनीका रूपमा कोडावतार टेक प्रालिलाई सम्मान गरेको छ । विभागका अनुसार, कोडावतारले आर्थिक वर्ष २०७९/०८० मा आईटीसम्बन्धी सेवा निर्यात गरी आय विवरणानुसार सबैभन्दा बढी आयकर दाखिल गरेको हो ।

काठमाडौं आधारित कोडावतार ०७७ साल असार २६ गते आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरमा दर्ता भएको विभागले जनाएको छ । मासिक रूपमा भ्याट विवरण बुझाउँदै आएको कम्पनीले आर्थिक वर्ष २०७९/०८० को कर चुक्ता ०८० असोज २४ गते गरेको विभागको तथ्यांक छ ।

दर्ता भएको करिब तीन वर्षको अवधिमा नै आईटी निर्यात गरी सबैभन्दा बढी कर भुक्तान गर्ने कम्पनीका रूपमा कोडावतारलाई विभागले सम्मान गरेको हो ।

कम्पनीको वेबसाइटमा उल्लेख भएअनुसार, यसले २५० भन्दा बढी मानिसलाई रोजगारी प्रदान गरेको छ । वेबसाइटमा अन्तर्राष्ट्रिय मानकीकरण संस्था आईएसओबाट प्रमाणित उल्लेख गरिएको कोडावतारका डायलेक्सी र क्रिस्प कल दुई क्लाउड टेलिफोनी तथा म्यासेज सेवा छ ।

कोडावतारको डायलेक्सीले स्वास्थ्य, शिक्षा, स्टार्टअप, होटेल, रियलस्टेटलगायत क्षेत्रका कम्पनीलाई इन्टरनेटमा आधारित सञ्चार सेवा उपलब्ध गराउँछ । यस्तै, क्रिस्प कलले १०० भन्दा बढी देशमा भर्चुअल सिम नम्बर उपलब्ध गराउने एवं इन्टरनेट आधारित फोनकल सुविधा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro