राजनीति
चौतारा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन् । शनिबार सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।
थापाले सबै नेता तथा कार्यकर्तालाई आपसी गुटबन्दीमा समय खर्च नगरी पार्टी सुदृढीकरणमा जुट्न आग्रह समेत गरे । उनले हरेक गाउँटोलसम्मै पार्टीभित्र चरम गुटबन्दी रहेको बताए । गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चँदै जाने निश्चित रहेको उनले उल्लेख गरे ।
महामन्त्री थापाले राज्यले कृषि क्षेत्रमा लगानी बढाउने गरी नीति अघि सार्नुपर्नेमा जोड दिए । उनले वैदेशिक रोजगारीले जीविकोपार्जन मात्र भइरहेको भन्दै कृषि क्षेत्रको विकास नभई देश समृद्ध नबन्ने बताए । रासस
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१ १८:५८
प्रतिक्रिया दिनुहोस्