site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली यू–१९ महिला क्रिकेट टोलीलाई एनपीएलका टोलीले १० लाख दिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी टोलीहरूले आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली यू–१९ महिला क्रिकेट टोलीलाई पुरस्कार दिने घोषणा गरेका छन् ।

आज संयुक्त रूपमा एनपीएलमा आबद्ध टोलीहरूले नेपाली यू–१९ महिला क्रिकेट टोलीलाई १० लाख दिने घोषणा गरेका हुन् । युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको आईसीसी यू–१९ महिला टी–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा यूएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो ।

नेपाली यू–१९ महिला क्रिकेट टोली बिहीबार साँझ स्वदेश फर्किसकेको छ । यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका खेलाडीलाई प्रोत्साहनस्वरूप जनही दुई लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको थियो ।

यू–१९ महिला विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ । त्यसअघि नेपालले यू–१९ एसिया कप खेल्नेछ । आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा नेपालसहित ६ टोलीको सहभागिता रहने छ ।

एसियाली क्रिकेट परिषद् (एसीसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’मा बंगलादेश, श्रीलंका र मलेसिया छन् । नेपालले पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro