site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
७० देशका ८७० आरोहीले हिमाल आरोहणको अनुमति, ६ करोड रोयल्टी संकलन
फाइल तस्बिर ।

काठमाडौं । शरद् ऋतुमा हिमाल आरोहण गर्न नेपालसहित ७० देशका ८७० आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार, यस सिजनमा विभिन्न ३७ हिमाल आरोहणका लागि १११ आरोही समूहका २०२ महिला र ६६८ पुरुष गरी कुल ८ ७० जनाले अनुमति लिएका हुन् । 

हिमाल आरोहणबापत ६ करोड ३५ लाख ७९ हजार ५३ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । शरद् ऋतुको आरोहण करिब अन्तिम चरणमा पुगेको उनले बताए ।

निर्देशक गुरुङका अनुसार, मनास्लु र हिम्लुङको आरोहण सकिएको छ । अमादब्लमलगायत हिमालको आरोहण धमाधम भइरहेको छ । अहिले ससाना समूहमा आरोही आइरहेका भन्दै उनले अब दुई/चार जनाले मात्रै आरोहण अनुमति लिने अनुमान गरिएको बताए ।

विगतमा जस्तै यस सिजनमा पनि मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणमा सर्वाधिक २८ आरोही समूहका ३०८ जनाले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ । 

अमादब्लम १४ आरोही समूहका १५८, हिम्लुल आरोहणका लागि १० आरोही समूहका १२४ तथा धौलागिरिमा एक आरोही समूहका १४, मकालुमा एक आरोही समूहका दुई आरोहीले अनुमति लिएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  २२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro