site stats
बाह्रखरी :: Baahrakhari
देश
भक्तपुरमा चोरीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भक्तपुरमा चोरीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–५ बस्ने ३४ वर्षीय नविन भन्ने रवि कार्की छन् । भक्तपुर लोकन्थलीबाट उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

मध्यपुर ठिमी नगरपालिका–२ बस्ने कृष्णबहादुर कार्कीको कोठाबाट सुन, चाँदीको गरगहना तथा नगद चोरी भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कृष्णबहादुरको कोठाबाट कात्तिक १३ गते सुन, चाँदीको गरगहना तथा नगदसहित करिब दुई लाख २० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुर शाखा र प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । 

उनी उपर चोरी मुद्दामा जिल्ला अदालत भक्तपुरबाट पाँच दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।  

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्