site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचन : कनकाई–६ मा उमेदवार चयन

झापा । आउँदो मंसिर १६ गते कनकाई नगरपालिका–६ को वडाध्यक्ष पदका निम्ति हुने उपनिर्वाचनको सरगार्मी उक्त वडामा ह्वात्तै बढेको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार मंसिर २ गते उमेवारको मनोनयन हुनेछ ।

क्रियाशील दलहरूले आफ्ना तर्फबाट बन्ने उमेदवारको नाम घोषणा गरिसकेका कारण वडामा चुनावी सरगर्मी बढेको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार कनकाई–६ को उपनिर्वाचनमा दुई हजार ५८ मतदाताले भाग लिनेछन् ।

उपनिर्वाचनका निम्ति चम्पापुर माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ । मतदानस्थलमा चम्पापुर ‘क’ र चम्पापुर ‘ख’ गरी दुई मतदान केन्द्र छन् । 

वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा उक्त वडाबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

वडाध्यक्षमा नेकपा (एमाले)ले तुलाराम बस्नेतलाई उमेदवार घोषणा गरेको छ । नेपाली कांग्रेसका तर्फबाट रामगोपाल ओलीलाई उमेदवारका रूपमा प्रस्तुत गरिएको छ ।

यस्तै, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गणेश थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीले नारायण निरौलालाई उमेदवार बनाउने निर्णय सार्वजनिक गरेका छन् । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro