site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रवेशाज्ञाबिना प्रवेश गरेको अभियोगमा पक्राउ

झापा । प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई बंगालादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरी वलको सतिघट्टा बोर्डर आउट पोस्टको टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो ।

आफ्नो परिचय खुल्ने कुनै कागतपत्र नभएका उनीहरुको साथबाट एक हजार पाँच सय टाका र दुई थान मोवाइल बरामद भएको सशस्त्र प्रहरी बल २ नं. गणका सूचना अधिकारी महेशराज बिष्टले बताए । 

उनीहरुलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा बुझाएको छ । उक्त कार्यालयले आज उनीहरुलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाउने जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्