site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजस्व कार्यालय भरतपुरले १४६ करदाताको बैंक खाता रोक्का गर्‍यो
SkywellSkywell

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले १४६ करदाताको बैंक खाता रोक्का गरेको छ । कार्यालयले एक लाखभन्दा बढी बक्यौता हुने ती करदातालाई कालोसूचीमा राखेर उनीहरूको बैंक खाता रोक्का गरेको हो ।

कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विमल पौडेलका अनुसार, कालोसूचीमा राखिएका करदातालाई पत्राचार गर्ने, सम्पर्क गर्ने, सूचना जारी गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरूको बैंक खाता रोक्का गरिएको हो ।

KFC Island Ad
NIC Asia

कार्यालयमा रहेका करदतामध्ये ४९५ करदाताले मूल्य अभिवृद्धि करको ६५ करोड ९७ लाख बक्यौता तिर्न बाँकी छ । त्यस्तै, आयकरतर्फ ३२३ करदाताले ९४ करोड बक्यौता तिर्न बाँकी छ ।

कार्यालयमा हाल मूल्य अभिवृद्धि करतर्फ १० हजार ४०० करदाता छन् भने जम्मा करदाता ५८ हजार ४५५ रहेको पौडेलले जानकारी दिए ।

Royal Enfield Island Ad

पौडेलका अनुसार, कार्यालयले चालु आर्थिक वर्षमा छ अर्ब ६२ करोड राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ८८.३६ प्रतिशत हो । राजस्व विभागले चालु आवको कात्तिक मसान्तसम्ममा सात अर्ब ६६ करोड ५९ हजार राजस्व संकलनको लक्ष्य दिएको थियो ।

चाडपर्व, व्यावसायिक गतिविधिमा कमी, कर सहभागितामा कमीलगायत कारण लक्ष्यअनुसार राजस्व संकलनमा कमी आएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  २१:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro