site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नवनियुक्त राजदूतसँगको अन्तरक्रियामा महासंघले भन्यो– लगानी प्रवर्धनमा सघाउँछौँ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवर्धनमा विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिबद्धता जनाएका छन् । विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतसँग महासंघले आयोजना गरेको अन्तरक्रियामा ढकालले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरेर लगानी प्रवर्धनका लागि लगानीकर्ता र सरकारबीच पुलको काम गर्न खोजिरहेको बताए ।

“हाम्रो संयन्त्रलाई भरपुर उपयोग गरी आर्थिक कूटनीति विस्तार गर्न हामी यहाँहरूसमक्ष आग्रह गर्छौं,” उनले भने, “यसमा महामहिमज्यूहरूले अग्रसरता लिइदिनुपर्‍यो ।”

नेपालमा वातावरण बन्दै गए पनि लगानी प्रोत्साहित हुन नसकेको सन्दर्भमा उनले नवनियुक्त राजदूतहरूलाई आर्थिक कूटनीतिलाई कार्य सम्पादनको मानकका रूपमा मानेर काम गर्न आग्रह गरे ।

यसैगरी, अध्यक्ष ढकालले महासंघको अन्तराष्ट्रिय सञ्जाललाई पनि नियोगहरूले उपयोग गर्न सक्ने बताए । महासंघले विश्वभर करिब ५० निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था एवं चेम्बरहरूसँग सहकार्य रहेको छ ।

महासंघले वैदेशिक सदस्यता पनि दिने गरेको उल्लेख गर्दै ढकालले विदेशी कम्पनी एवं संस्थालाई महासंघको सदस्य बन्न प्रोत्साहित गर्न सकिने बताए ।

नेपालले सामना गरिरहेको आर्थिक चुनौतीहरूको सन्दर्भमा अध्यक्ष ढकालले माग नियन्त्रणका लागि गरिएका विभिन्न नीतिगत उपायले नकारात्मक असर पारेको बताए ।

“कोभिडपछिको उल्लेखनीय आर्थिक वृद्धिलाई व्यवस्थापन गरी अघि बढ्न आवश्यक थियो । तर, हामीले अर्थतन्त्र नियन्त्रण गर्ने नीति अपनायौँ, जसले ठूलो संख्यामा जनशक्ति पलायन हुनुका साथै लगानी र रोजगारीमा गिरावट निम्त्यायो,” ढकालले भने ।

ढकालका अनुसार, पछिल्लो दुई वर्षमा विदेशी लगानी वार्षिक ७ देखि ९ अर्ब रुपैयाँ वार्षिक मात्रामा सीमित छ, जुन देशको कुल गार्हस्थ्य उत्पादनको करिब ०.२प्रतिशमात्र हो । त्यसैले, लगानी प्रवर्धन सबैको चासोको विषय हुनुपर्ने उनको धारणा छ ।

छलफलका क्रममा उनले अर्थतन्त्रको सकारात्मक पक्ष प्रस्तुत गर्दै लगानीकर्ता आकर्षित गर्न सकिने बताए । उच्च विदेशी मुद्राको सञ्चितिलाई विदेशी लगानीकर्ताले सदुपयोग गर्न सक्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro