site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेमै सक्रिय भए रामवीर मानन्धर 

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को उपनिर्वाचनको पूर्वसन्ध्यामा पूर्वसांसद रामवीर मानन्धर नेकपा (एमाले)मा नै सक्रिय भएका छन् । ०७९ को निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उमेदवार बनेका मानन्धर एमालेमा नै फर्किएका हुन् । 

काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा हुने उपनिर्वाचन जिताउने भन्दै पार्टीमा नै सक्रिय भएका छन् । काठमाडौं क्षेत्र नम्बर ७ मा पार्टीले ०७९ को निर्वाचन हारेको र अहिले महानगरको वडा नम्बर १६ हारे निकै क्षति पुग्ने विश्लेषण उनले सुनाए । 

“मेरो राजनीतिको सुरुवात नै १६ नम्बर वडा हो नि । ०४९ र ०५४ मा मैले जितेको थिएँ । पार्टीभित्रको आन्तरिक समस्याले पहिले जेजस्तो भयो, त्यो छोडिदिउँ । यो चुनाव पनि हार्‍यो भने ७ नम्बर क्षेत्रको पार्टीको स्थिति नै डामाडोल हुनेभयो,” उनले बाह्रखरीसँग भने “७ नम्बरमा पार्टीलाई व्यवस्थित गर्नुपर्छ भनेर सक्रिय भएको हुँ ।” 

२०७० र २०७४ मा काठमाडौं ७ नम्बर क्षेत्रबाट सांसद जितेका थिए । ०७९ को निर्वाचनमा घण्टाघर चुनाव चिह्न लिएर स्वतन्त्र उमेदवारी दिएका थिए । स्वतन्त्र उमेदवार बनेपछि उनलाई एमालेले कारबाही गरेको थियो । हाल उनी पार्टीका कार्यक्रमहरूमा सहभागी भएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro