site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१८औँ राष्ट्रिय बुदोकै–दो फुलकन्ट्याक्ट कराँते प्रतियोगिता मधेस प्रदेशमा हुने

काठमाडौं । राष्ट्रिय बुदोकै–दो फुलकन्ट्याक्ट कराँते च्याम्पियनसिपको १८औँ संस्करण प्रतियोगिता मधेस प्रदेशमा हुने भएको छ ।

नेपाली मार्सल आर्ट बुदोकै–दो फुलकन्ट्याक्ट कराँतेको १८औँ संस्करणको च्याम्पियनसिप प्रतियोगिता मधेस प्रदेशको महोत्तरीस्थित गौशाला–४ राजाखोर कभर्डहलमा हुने तय भएको हो ।

Dabur Nepal
NIC Asia

प्रतियोगिताको आयोजना र तयारीका लागि मंगलबार बुदोकै–दो फुलकन्ट्याक्ट कराँते संघका अध्यक्ष वीरकृष्ण महर्जनले मधेस प्रदेश खेलकुदमन्त्री प्रमोद जयसवालसँग जनकपुरमा भेटघाट गर्नुका साथै प्रतियोगिताबारे जानकारी समेत गराएका थिए ।

प्रतियोगितामा आफूले सक्दो सहयोग गर्ने मधेसका खेलकुदमन्त्री जयसवालले प्रतिबद्धता व्यक्त गरेका छन् । खेलकुदको विकासका लागि मधेस सधैँ तत्पर रहेको समेत भेटमा जानकारी गराएका थिए ।

महोत्तरीमा आयोजना हुने राष्ट्रिय बुदोकै–दो प्रतियोगितालाई बुदोकै–दो फुलकन्ट्याक्ट केन्द्रीय संघ र महोत्तरी बुदोकै–दो फुलकन्ट्याक्ट कराँते संघको संयुक्त आयोजनामा हुनेछ । प्रतियोगिता पुस २६ र २७ गते दुई दिन हुनेछ । 

प्रतियोगिता सात प्रदेश र विभागीय टोली सहभागी हुनेछन् । प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । विजेता प्रथम, दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले नगद २५ हजार र १५ हजार तथा बाँकीले समान १०÷१० हजार प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro