site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अजरबैजानमा आज उच्चस्तरीय सत्र सञ्चालन गर्दै नेपाल

काठमाडौं । नेपालले अजरबैजानको बाकुमा आज जलवायु परिवर्तनसम्बन्धी एक विशेष सत्र सञ्चालन गर्दै छ ।  

उक्त सत्रमार्फत नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउनेछ । राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुन लागेको हो । 

Dabur Nepal
NIC Asia

सत्रमा पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीबारे जानकारी दिइनेछ । विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये एक हो । 

नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौं उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ ।

अजरबैजानको बाकु सहरमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) जारी छ । 

राष्ट्रपति पौडेलले हिजो उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम थियो । 

कात्तिक २६ सुरु भएको सम्मेलन मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  ०६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro