site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मर्मत गर्ने क्रममा ट्यांकरको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

वाग्मती । पेट्रोल लोड ट्यांकरको टायर पड्किँदा आज मकवानपुरको हेटौँडामा एक जनाको मृत्यु भएको छ  । अन्य पाँच जना घाइते भएका छन् । 

हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित टायर रिपियर पसल नजिक मधेस प्रदेश ०३–००२ख ०३०० नम्बरको पेट्रोल लोड ट्यांकरको टायर मर्मत गर्ने क्रममा पड्किँदा टायर पसलको मिस्त्री भारतको भोजपुरका ३४ वर्षीय महमद ऐजाजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

टाउको र शरीरको बायाँ भागमा चोट लागेर गम्भीर घाइते भएका ऐजाजको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

सोही घटनामा परी उक्त पसलका कामदार पर्साको धोबिनी गाउँपालिका–२ निवासी १८ वर्षीय जाविर हवारे, ट्यांकर चालक हेटौँडा उपमहानगरपालिका–११ स्मारक निवासी ३९ वर्षीय देवान लामा, ट्यांकर छेउमा उभिरहेका धादिङको धुनिबेँसी नगरपालिका–२ भञ्ज्याङपोखरी निवासी २३ वर्षीय उत्तम बस्नेत, हेटौँडा उपमहानगरपालिका–११ नवपलुर निवासी ४७ वर्षीय मोहनलाल दुलाल र धादिङको थाक्रे गाउँपालिका–८ निवासी ३८ वर्षीय लक्ष्मण थापा घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । रासस
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  २१:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro