site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुपन्देहीपछि रविलाई काठमाडौं ल्याउने तयारी
रवि लामिछाने मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं पनि ल्याउने गृहकार्य थालिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई मंगलबार विमानमार्फत रुपन्देहीको भैरहवा पुर्‍याइएको छ ।

पोखराको सूर्यदर्शनसँगै बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा समेत अनुसन्धान गर्नुपर्ने देखिएपछि उनलाई हवाईमार्गबाट भैरहवा विमानस्थल हुँदै इलाका प्रहरी कार्यालय बुटवल लगिएको हो । बुटवलमा बयान सकिएसँगै उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ । त्यसका निम्ति प्रहरीले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनका विषयमा अनुसन्धान तीव्र पारेको छ ।

काठमाडौं प्रहरी स्रोतका अनुसार, सूर्यदर्शन सहकारी ठगीमै पक्राउ परेका कुमार रम्तेललाई भने मंगलबार काठमाडौं पठाउन कास्की प्रहरीलाई पत्राचार गरिएको छ ।

काठमाडौं प्रहरी स्रोतले बाह्रखरीसित भन्यो, “रुपन्देहीको बयानलगत्तै लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्न हामी मगाउँदै छौँ । उनीसँगै जोडिएका कुमार रम्तेललाई भने हामीले काठमाडौं पठाइदिन पत्राचार नै गरिसक्यौँ । भोलिसम्ममा पठाउनुहुन्छ होला ।”

रम्तेलसँगै कास्की प्रहरीले अनुसन्धान गर्दा खुलेका तथ्य–प्रमाणहरू समेत काठमाडौं पठाइदिन भनिएको छ ।

प्रहरीले ओखलढुंगाका गितेन्द्रबाबु (जीबी)राईले सञ्चालन गरेका काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, चितवनको सहारा र पर्साको सानोपाइला सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएपछि अनुसन्धान थालेको हो ।

लामिछाने गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक थिए । पाँच सहकारी ठगीका मुख्य आरोपित जीबी राई भने फरार छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro