site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
याङटेनलाई स्वर्ण 

काठमाडौं । याङटेन लामाले यूएसए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । 

न्युयोर्कको ब्रुकलिनमा नोभेम्बर १० मा भएको प्रतियोगिताको पुरुष कुमुते १० देखि ११ वर्ष ब्ल्याक वेल्ट एड्भान्स क्याटगोरीमा याङटेनले स्वर्ण जितेको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्स क्लबले जनाएको छ । उनले फाइनलमा निक स्पेन्सरलाई पराजित गरे । 

याङटेन च्याम्पियन्स मार्सल आर्ट्स क्लबको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका हुन् । उनी ११औँ  दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका स्वर्ण विजेता सुनिल लामाको प्रशिक्षणमा छन् । सुनिल क्लबका सञ्चालक पनि हुन् । नेपालमा पनि च्याम्पियन्स मार्सल आर्ट्स क्लब सञ्चालनमा छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro