site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य हुँदैन : सञ्चारमन्त्री गुरुङ
Argakhachi Cement Island Ad

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने बताएका छन् । 

सोमबार मन्त्रिपरिषद् बैठकमा सञ्चारकर्मीहरूले विद्युत् आपूर्ति बन्द गरेका उद्योगहरूको लाइन जोड्ने सरकारको निर्णयमाथि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले निर्णय नमान्ने भनेका छन् भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले सो चेतावनी दिएका हुन् । 

सरकारले गरेका निर्णयहरूमा कर्मचारीले आफ्ना मत राख्न पाउने तर निर्णय कार्यान्वयन गर्दिन भन्नेकुरा क्षम्य नहुने उल्लेख गरे । उद्योगहरूमा विद्युत् बन्द गर्दा मुलुकको औद्योगिक क्षेत्रलाई असर गरेको, रोजगारी, राजस्वमा प्रभाव परेको भन्दै सरकारले सो निर्णय लिएको स्पष्ट पारे । उनले सरकारले डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् महसुल पनि बिलअनुसार १५ दिनभित्र बुझाउन सरकारले निर्देशन दिएको बताए ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्