site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
विपीन एक करोड पारिश्रमिक डिजर्व गर्ने अभिनेता हो : ऋचा घिमिरे 

काठमाडौं । निर्देशक शंकर घिमिरेले ‘तेल भिसा’ व्यंग्यात्मक नाम भएको बताएका छन् । काठमाडौंका सोमबार (आज) पत्रकार सम्मेलन गर्दै उनले रमाइलो हिसाबले ‘तेल भिसा’ व्यंग्यात्मक नाम राखिएको घिमिरेले बताए । 

“सबै बाबुआमालाई तेल लगाउन मात्रै छोराछोरीले विदेश बोलाउँदैनन् । अरु प्रयोजन पनि हुन्छ,” उनले भने । 

विदेशी भूमिमा कानुन नबुझ्दा नेपालीले थुप्रै समस्या भोगिरहेको भन्दै उनले त्यस्तै घटना चलचित्रमा समेटिएको उनले बताए । धेरै कथा वास्तविक घटनामा आधारित रहेको उनको भनाइ छ । 

Dabur Nepal
NIC Asia

अभिनेता विपीन कार्कीले डबल रोल गर्न निकै कठिन भएको बताएका छ । ‘तेल भिषा’मा उनी दोहोरो भूमिका छन् । “मलाई एउटै क्यारेक्टर गर्न पनि कठिन हुन्छ । दुईटा भनेपछि त झन कठिन हुने नै भयो,” विपीन भन्छन्, “तर, दोहोरो भूमिका छ भन्नवित्तिकै मैले क्यारेक्टरबारे सोच्न थालेको थिएँ ।” 

यद्यपि, एउटा रोल नेपालमा र एउटा रोल अमेरिकामा गरेकाले केही सहज भएको उनको भनाइ छ । “मलाई त दुईवटा सिनेमामा काम गरेजस्तो भयो,” ठट्टा गर्दै विपीन भन्छन्, “मलाई त घाटा लागेजस्तो लागिरहेको छ, दुईवटा सिनेमाको काम एउटैमा गरेजस्तो लागिरहेको छ ।” 

अभिनेत्री तथा निर्माता ऋचा घिमिरे विपीनका कारण काम गर्न सहज भएको बताउँछिन् । उनको सरलपनले सिनेमाको काम गर्न सहज भएको उनले स्पष्ट पारिन् । 

“उहाँ (विपीन) अनस्क्रिन मात्रै होइन, अफ स्क्रिन पनि त्यति नै सरल हुनुहुन्छ । उहाँको जुन स्टारडम छ, त्यही अनुसार उहाँको व्यवाहार हुने हो भने अमेरिकामा काम गर्न सहज थिएन,” ऋचा भन्छिन्, “स्टारडम र क्वालिटीअनुसार विपीन ५० लाख मात्रै होइन एक करोड रुपैयाँ डिजर्व गर्ने कलाकार हो ।”

विपीनको एक्टिङ पावरले सिनेमालाई ब्रान्डिङ गर्ने भन्दै उनको पारिश्रमिकलाई धेरै भन्न नमिल्ने उनको भनाइ छ । 

शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘तेल भिसा’मा अभिनेता विपीन कार्की बृद्ध र जवानसहित दोहोरो भूमिकामा छन् ।

विपीनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको यो चलचित्रमा अभिनय रहेको छ ।

अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् । ‘तेल भिसा’ मंसिर ७ गते रिलिज हुँदै छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro