site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पूर्ण बहादुरको सारङ्गी’ले बनायो रेकर्ड, एकै दिन कमायो ३ करोड ८९ लाख 

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली चलचित्रको इतिहासमा नयाँ रेकर्ड बनाएको छ । यो एकै दिनमा सबैभन्दा धरै कमाउने चलचित्र बनेको छ । 

शनिबार यो चलचित्रले तीन करोड ८९ लाख ग्रसकलेक्सन गरेको छ । शुक्रबार दुई करोड ९९ लाख ग्रसकलेक्सन गरेको निर्माणपक्षले जनाएको छ । 

एकै दिन यति धेरै ग्रसकलेक्सन गर्ने यो पहिलो चलचित्र बनेको छ । यसअघि एकैदिनमा धेरै कमाउने चलचित्र ‘कबड्डी–४’ थियो, जसले पहिलो दिनमा २ करोड ९० लाख ग्रस कमाएको थियो । यसपछि ‘भष्मे डन’ले पहिलो दिन दुई करोड २५ लाख कलेक्सन गरेको थियो । 

Dabur Nepal
NIC Asia

प्रदर्शन भएको १० दिनमा यो चलचित्रले १७ करोड ९८ लाख ग्रसकलेक्सन गरेको छ । 

लक्ष्मिपूजाका दिन रिलिज भएको यो चलचित्रले सर्वाधिक धेरै शो पाउने चलचित्रको पनि रेकर्ड बनाएको छ । एकै दिन यो चलचित्रले ९८ हलमा ४६५ भन्दा धेरै शो पाएको थियो । 

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । 

कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ले गन्धर्व समुदायको कथा भन्छ । छोराको प्रगतिका लागि बाबुले गर्ने संघर्ष नै यो सिनेमाको मुख्य कथा हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ०६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro