site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नेपालमा आईटी क्षेत्रमा बढ्दै लगानी, साढे १६ हजार कम्पनी र १७५ उद्योग दर्ता
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेपालमा हालसम्म करिब साढे १६ हजार सूचना तथा प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने कम्पनी दर्ता भएका छन् । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को असोजसम्म नेपालमा १६ हजार ४९३ आईटी कम्पनी दर्ता भएका हुन् ।

यी आईटी कम्पनीले सफ्टवेयर तथा एप निर्माण गर्नेदेखि सुरक्षा, व्यवस्थापनलगायत विभिन्न सेवा दिने गरेका छन् ।

कम्पनीमात्रै नभएर नेपालमा सूचना तथा प्रविधि क्षेत्रमा दर्ता हुने उद्योगको संख्या बढ्दै गएको छ । उद्योग विभागका अनुसार, नेपालमा सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा आधारित हालसम्म दर्ता उद्योगको संख्या १७५ पुगेको छ ।

Dabur Nepal
NIC Asia

गत आर्थिक वर्ष २०८०/०८१ मा आईटी क्षेत्रमा २१ उद्योग दर्ता भएका थिए । चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिना अर्थात् असोजसम्म मात्रै ४५ वटा आईटी उद्योग दर्ता भइसकेको उद्योग विभागको तथ्यांक छ ।

विभागअन्तर्गतका आईटी उद्योगहरू दूरसञ्चार सेवा, डाटा सेन्टर, माइनिङक्लाउडकम्प्युटिङजस्ता सेवा दिने गरी दर्ता भएका छन् । आईटी उद्योगहरूमा पूर्ण विदेशी लगानीदेखि नेपाली साझेदार राखेर पनि विदेशी लगानी भित्रिएको छ ।

उद्योग विभागका अनुसार, पछिल्लो १० वर्षमा नेपालमा सञ्चार तथा सूचना प्रविधि (आईसीटी) क्षेत्रमा १३ अर्ब १२ करोड ५० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । आईसीटी क्षेत्रमा हाल १४७ वटा प्रत्यक्ष विदेशी लगानी अथवा एफडीआईसहितका प्रोजेक्ट सञ्चालनमा छन् ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार, आर्थिक वर्ष २०७९/०८० को अन्त्यसम्म नेपालको कुल एफडीआईमा सूचना तथा सञ्चार क्षेत्रको हिस्सा ६.७ प्रतिशत छ । उक्त रकम १९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।

सूचना तथा प्रविधि (आईटी) क्षेत्रमा नेपालका लागि राम्रो आर्थिक सम्भावना रहेको मानिन्छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा आईटी क्षेत्रलाई प्रोत्साहन गर्न विभिन्न योजना घोषणा गरेको थियो ।

आईटी पार्क, नि:शुल्कइन्टरनेटसहितकावर्कस्टेसन उपलब्ध गराउनदेखि आयकरमा सहुलियत दिएर आईटी क्षेत्रको प्रवर्धन गर्ने सरकारको भनाइ छ । ती योजनाका लागि बजेट भने नछुट्टिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

नेपालबाट विदेशमा व्यक्तिगत एवं संस्थागतरूपमा आईटी वस्तु तथा सेवा निर्यात गरेर आम्दानी गर्नेहरूको संख्या पनि बढ्दै गएको छ । आईटी क्षेत्रमा विदेशी लगानी सीमा हटाएर, अनलाइनबाटै दर्ता, नवीकरणदेखि लगानी स्वीकृत गर्न सकिने व्यवस्था गर्दै विदेशी लगानीकर्ताका लागि सरकारले केही सहज बाटो बनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro