site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माण गर्ने उत्साहमा तिनको उपयोगिता र सम्भाव्यताका विषयमा सरकारी अधिकारीहरूले खासै ध्यान नदिँदा अहिले दुवै विमानस्थल ‘निल्नु न उकेल्नु’ भनेजस्तो भएका छन् ।  निर्माणका लागि लिइएको ऋण तिर्न त परै जाओस् विमानस्थलले सञ्चालन खर्चसमेत धान्न सकेका छैनन् ।

यसैबीच भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार तीन विमान सेवाले उडान अन्तर्राष्ट्रिय उडान गर्दा स्थानीयमात्र होइन पर्यटनसँग सम्बन्धित सबै उत्साहित भए । यद्यपि, नेपालको पर्यटन केन्द्र मानिने पोखरावासी भने भैरहवासँगै पोखरामा उडान नभएकोमा चिन्तित र असन्तुष्टसमेत देखिएका छन् ।

यता त्रिभुवन अनतर्राष्ट्रिय विमान स्थल मर्मतका लागि दिनको १० घन्टा बन्द गरिएको छ । पर्यटक नेपाल आउने याममै मुख्य विमानस्थल दिनहुँ १० घन्टा बन्द हुँदा चिन्तित पर्यटन व्यवसायीलगायतका लागि समेत भैरहवामा अन्तर्राष्ट्रिय उडान सुरु हुनु  उत्साहको विषय हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

पोखरा विमानस्थलको आर्थिकमात्र होइन प्राविधिक पक्ष र क्षमताको विषयमा पनि सुरुदेखि नै प्रश्न उठेको हो । सरकारले भने कहिल्यै ती प्रश्नहरूको चित्त बुझ्दो उत्तर जनतालाई दिन चाहेन । संसदीय अध्ययन टोलीले समेत चित्त बुझ्दो र स्पष्ट उत्तर पाउन सकेन ।

यस्तो अवस्थामा सरकारले भैरहवा विमानस्थलबाट सकेसम्म धेरै अन्तर्राष्ट्रिय उडान गराउन चाहेको देखिन्छ । सरकारी प्रोत्साहनकै कारण भैरहवामा उडान सुरु गर्न वायुसेवाहरू तयार भएका हुन् । यसबाट अतिरिक्त प्रोत्साहन दिइएमा पोखराबाट पनि उडान  हुनसक्ने सम्भवना प्रकट भएको छ । 

एकातिर भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न वायुसेवाहरूलाई प्रोत्साहित गर्नुपर्ने अवस्था छ भने अर्कातिर हालका दिन बढेको हवाई भाडा नियन्त्रण गर्नुपर्ने बाध्यता पनि सरकारलाई आइपरेको छ । यसैले सम्बद्ध सबै पक्षले ‘उपभोक्तालाई मर्का पर्नेगरी अनुचित हवाइ भाडा असुल गर्न नहुने’ विषयमा सहमति गरेको हुनुपर्छ । 

भैरहवा उडानका लागि तयार भएका वायुसेवालाई प्राविधिकरूपमा सम्भव भएमा पोखरा हुँदै फर्कने र भैरहवा ओर्लने यात्रुहरूलाई नजिकको विमानस्थलसम सहजरूपमा ओसार्ने व्यवस्था भएमा सम्भवतः  धेरै समस्याको हल हुनेछ । तर, यसका लागि राजनीतिक नेतृत्वले नै विशेष ध्यान दिनु आवश्यक हुनेछ ।

वायुसेवाहरूलाई भैरहवा उडान गर्न काठमाडौं विमानस्थलको मर्मतसम्मका लागि मात्रै प्रोत्साहित  गर्ने रणनीति हो भने त्यसमा अहिले नै पुनर्विचार गर्नु बुद्धिमानी हुनेछ । सरकारी कर्मचारीहरू सधैँ नै कुनै काम अलिकति राम्ररी सञ्चालन हुन थाल्यो भने त्यसलाई कसरी अप्ठेरो बनाउने र दस्तुरी र सलामी उठाउने दाउमा हुन्छन् । त्यसो हुन नदिन पनि राजनीतिक नेतृत्व सजग हुनुपर्छ ।

यस्तै, भैरहवा र पोखरामा पनि यात्रुहरूले काठमाडौंकै  असुविधा र अव्यवस्था भोग्न नपरोस् भनेर पनि ध्यान दिइयोस् । यात्रु र वायुसेवामाथि झन्झट थप्ने रकमी व्यवहार भैरहवा र पोखरामा दोहोरिन दिनु हुँदैन । नियमहरू यात्रुको सुरक्षा र सुविधाका लागि हो कर्मचारीको सजिलो र हैकमका लागि होइन भन्ने यथार्थ राजनीतिक नेतृत्वले  बुझ्नु जरुरी हुन्छ । नत्र अहिलेका सबै प्रयत्न व्यर्थ हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १४:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro