site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुटवलमा एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प गर्दै एमएडब्ल्यू वृद्धि, विभिन्न अफर
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालका निम्ति दिपल, सेरेस र नामी ईभी ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धिले भैरहवा र बुटवललाई लक्षित गर्दै एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प गर्ने भएको छ । एमएडब्ल्यू वृद्धिले बुटवलको कालिकानगरस्थित क्लब डेनोभोमा यही कात्तिक २७ गतेदेखि तीनदिने एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प आयोजना गर्ने जनाएको छ ।

यो एक्सचेन्ज मेलामा ईभी किन्न चाहने लुम्बिनी प्रदेशका ग्राहकले दिपलको गाडी बजेटभन्दा अघिकै मूल्य अर्थात् ७१ लाख ९९ हजार रुपैयाँमा, सेरेसको गाडी नाडा अफर अर्थात् ४५ लाख ४९ हजार र नामी ईभी किन्दा सात किलोवाटको चार्जर फ्री पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले यो क्षेत्रकै सबैभन्दा ठूलो दाबी गरेको एक्सचेन्ज मेलामा टप थ्री रिकन्डिसन हाउसबाट ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्ल्यू वृद्धिबाट विभिन्न ‘एक्सचेन्ज बोनस’ पाइने जनाइएको छ । यसबाहेक ग्राहकले हरेक टेस्ट ड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने कम्पनीको भनाइ छ ।

मेलामा ‘अनस्पट डेलिभरी’ र दिपल, सेरेस र नामी गाडी ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा ‘अनस्पट फाइनान्सिङ’ गर्न सकिने कम्पनीले जनाएको छ ।

एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’को अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।

एमएडब्ल्यू वृद्धिले एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पअघि दिपल र नामीको क्षेत्रीय लन्च पनि गर्ने जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro