site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नेपाली दम्पतीले बैंगलुरुको घरबाट २४ करोड नगद र गहना चोरेको आशंका 
तस्बिर : रोयटर्स ।

काठमाडौं । भारतको बैंगलुरु प्रहरीले १५.१ करोड भारतीय रुपैयाँ (करिब २४.१६ करोड नेपाली रुपैयाँ) र सुन चोरी गरेको आशंकामा नेपाली दम्पतीको खोजी गरिरहेको छ । उनीहरूमाथि पश्चिमी बैंगलुरुको विजयनगरस्थित आफ्नो रोजगारदाताको घरबाट नगद र सुन चोरी गरेको आरोप छ ।

होसहल्लीमा अरिहन्त ज्वेलर्सका सञ्चालक सुरेन्द्रकुमार जैनले यही नोभेम्बर ७ मा आफ्नो घरबाट १५.१ करोड भारुबराबरका सामान हराएको भन्दै कर्मचारी नमराज र उनकी श्रीमतीमाथि आशंका व्यक्त गर्दै उजुरी दिएका थिए । जैनका अनुसार, उनले आफ्नी श्रीमती, आमा र बहिनीका गरगहनाका साथै व्यवसायबाट भएको आम्दानी घरको ‘लकर’मा राखेका थिए ।

जैनका अनुसार, नमराज ६ महिनाअघि उनको ज्वेलरी पसलमा सहयोगीका रूपमा आएका थिए । नमराजलाई जैनले आफ्नै घरको सेक्युरिटी कोठामा बस्ने व्यवस्था समेत मिलाइदिएका थिए । नमराज आफ्नी श्रीमतीका साथ सोही कोठामा बस्थे र जैनलाई काममा सघाउँथे ।

एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार, नमराजले पछिल्लो ६ महिनामा जैनको विश्वास जितेका थिए । घरको साँचोमा समेत उनको पहुँच थियो । यस अवधिमा उनले जैनले नगद र बहुमूल्य सामानहरू राखेका लकर पनि हेरेका थिए ।

प्रहरी अधिकारीका अनुसार, जैन र उनको परिवार नोभेम्बर १ मा धार्मिक मेलाका निम्ति गुजरात गएका थिए । सोही मौकाको फाइदा उठाउँदै नमराजले आफ्नी श्रीमती र दुई अज्ञात व्यक्तिसँग मिलेर घरमा पसी बहुमूल्य सामानहरू चोरेको आरोप लगाइएको छ ।

उक्त घटनापछि नमराज भागेर नेपाल आएको प्रहरीको आशंका छ । प्रहरीले नमराज र उनकी श्रीमतीको खोजी गरिरहेको छ । डेक्कन हेराल्डबाट ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro