site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती सफाइ महाअभियान ६००औँ हप्तामा

काठमाडौं । ‘राष्ट्रका नाममा सातामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ ०७० जेठ ५ गतेदेखि सुरु वाग्मती नदी सफाइ महाअभियान ६००औँ हप्तामा प्रवेश गरेको छ ।

वाग्मती सरसफाइको ६०० हप्ता पुगेको उपलक्ष्यमा वाग्मती सरसफाइ महाअभियानले शनिबार ‘स्वच्छता मेरो पहिचान, सफाइमा मेरो योगदान’ परिसंवादको आयोजना गर्‍यो । त्यसक्रममा वाग्मती सफाइका निम्ति निजी तथा सरकारी क्षेत्रबाट भए÷गरेका काम–कारबाही तथा अबको योजनाका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा अभियानका शुभारम्भकर्ता एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले आमनागरिकमा वाग्मती हाम्रो सभ्यता र संस्कृति भएकाले यसलाई फोहोर गर्नु हुँदैन भन्ने चेतनाको विकास हुनु नै यो अभियानको ठूलो उपलब्धि रहेको बताए । उनले भने, “वाग्मती सफाइ महाअभियानले राम्रो सन्देश दिइरहेको छ, सबैमा वाग्मती सफा राख्नुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको छ, यो राम्रो सन्देश हो ।”

कार्यक्रममा वाग्मती महाअभियानका अभियन्ता एवं पूर्वमुख्यसचिव पौडेलसहित गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिजाल, डा. सुमित्रा अमात्य, वरिष्ठ पत्रकारद्वय युवराज घिमिरे र हरिबहादुर थापा, वाग्मती सभ्यता आयोजनाका निमित्त प्रमुख उद्धव नेपाललगायत व्यक्तिको सहभागिता थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  २१:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro