site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मानव तस्करीका आरोपित सांसद एमालेबाट निलम्बित
लीलावल्लभ अधिकारी । फाइल तस्बिर ।

काठमाडौं । मानव तस्करी मुद्दामा जोडिएका कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेशसभा सदस्य लीलावल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गरिएको छ । शनिबार च्यासलमा बसेको नेकपा (एमाले) सचिवालय बैठकबाट हालका निम्ति उनलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय सदर गरिएको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

“...त्यो प्रश्नको कानुनी निरूपण नभएसम्मका लागि कोसी प्रदेश कमिटीले उहाँलाई पार्टीका सबै जिम्मेवारीहरू र पार्टी सदस्यताबाट समेत मुक्त गर्ने जुन निर्णय गरेको छ, त्यो निर्णयलाई अनुमोदन गर्दै उहाँलाई सबैखाले जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ,” सचिवालय बैठकका निर्णय सुनाउँदै ज्ञवालीले भने ।

Dabur Nepal
NIC Asia

प्रदेश मन्त्रीको विदेश भ्रमण पनि संघीय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्नेमा उनी आफूखुसी जापान गएको पाइएको थियो । उनीसँगै तीनजना सोही मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलेको थियो ।

संघीय र प्रदेश सरकारको अनुमतिबेगरै उनी यही कात्तिक १३ गते जापान गएका थिए । टोकियो विमानस्थलमा उनलाई ४८ घण्टा राखेर फिर्ता गरेको पाइएको थियो । नेपाल फर्कनासाथ उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro