site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भैरहवाबाट एकैदिन तीन अन्तर्राष्ट्रिय उडान, यात्रु हर्षित
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आइपुगेको जजिरा एयरको विमानलाई ‘वाटर स्यालुट’ दिइँदै । तस्बिर : राधेश्याम विश्वकर्मा/रासस ।

भैरहवा । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार तीन विमानले उडान भरिरहेका छन् ।

जजिरा एयरलाइन्सले यहाँबाट स्थगित गरेको उडान शनिबारदेखि फेरि सुरु गरेको छ । जजिराले यो विमानस्थल सञ्चालनमा आएदेखि नै उडान गरेको थियो । बीचमा उडान स्थगित गरेको थियो ।

शनिबार जजिरा १७१ यात्रु लिएर भैरहवा आएको थियो । यहाँबाट एक बालकसहित १६८ यात्रु लिएर उडेको छ ।

फ्लाई दुबई र नेपाल एयरलाइन्सले पनि यहाँबाट आजैदेखि उडान सुरु गर्दै छन् । योसँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानको संख्या चार पुगेको छ ।

जजिराले सातामा तीन दिन उडान गर्दै छ । मंगलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुवेतका निम्ति उड्ने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

यस्तै, फ्लाई दुबईले दैनिक उडान गर्ने र दिउँसो पौने २ बजे भैरहवा आउने तथा यसको एक घण्टापछि दुबई फिर्ता जाने उनले बताए ।

नेपाल एयरलाइन्सले सातामा तीनपटक काठमाडौं–भैरहवा–दुबई उडान गर्नेछ । तिवारीका अनुसार, आइतबार, सोमबार र बुधबार नेपाल एयरलाइन्स काठमाडौंबाट बिहान १० बजे उडान गरी भैरहवा आउने र यहाँबाट दुबई जानेछ ।

तिवारीका अनुसार, कतार एयरवेज, एयर अरेबियालगायत अरू अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग पनि भैरहवाबाट उडान गर्ने विषयमा छलफल भइरहेको छ । उनले हाल भैरहवा विमानस्थल १८ घण्टा सञ्चालन भइरहेको बताए । एक घण्टामा विमानस्थलमा दुई अन्तर्राष्ट्रिय विमान सञ्चालन गर्न सक्ने क्षमता रहेको उनले जानकारी दिए ।

“दैनिक ३६ वटासम्म विमान भैरहवाबाट हामी सञ्चालन गर्न सक्ने अवस्थामा छौँ,” तिवारीले भने, “अध्यागमनलगायत अन्य जनशक्ति अहिले पूरा छ, आवश्यकताअनुसार यसलाई थप परिमार्जन पनि गर्न सकिन्छ ।”

भैरहवा र यस आसपासका यात्रु भैरहवामै अवतरण गर्न पाउँदा हर्षित भएका छन् । देवदह नगरपालिकाका तिजन रानाले पहिलोपटक भैरहवामै अवतरण गर्न पाउदा खुसी भएको बताए ।

“हामी भैरहवा विमानस्थल सञ्चालनको एकदमै पर्खाइमा थियौँ, सञ्चालन हुनेबित्तिकै पहिलो उडानबाट भैरहवा आएका छौँ,” उनले भने, “वर्षमा दुईपटक नेपाल आइन्छ, अब काठमाडौँ नै धाउनुपर्ने बाध्यता हुँदैन ।”

सोही विमानमार्फत भैरहवा आइपुगेका कुवेतका राजदूत घनश्याम लम्सालले पहिलो उडानबाट आउन पाउँदा खुसी लागेको बताए । यसले नेपाल र कुवेतबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै त्यहाँ रहेका नेपाली नागरिकलाई आवतजावतमा सहज हुने उनले उल्लेख गरे । राजदूत लम्सालले विमानस्थल नियमित सञ्चालनका निम्ति सहयोग गर्न सबैलाई आग्रह गरे ।

व्यवस्थापन चुस्त राख्नुपर्ने, सार्वजनिक यातायातका साधनलगायत विषयमा ध्यान दिन उनले सुझाव दिए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro