site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अस्ट्रेलियाविरुद्धको दोस्रो खेलमा पाकिस्तानको सहज जित 

काठमाडौं । दोस्रो खेलमा नौ विकेटको जित निकाल्दै पाकिस्तानले अस्ट्रेलियाविरुद्धको एकदिवसीय शृंखलामा १–१ को बराबरी गरेको छ । शुक्रबार एडलेडमा भएको दोस्रो खेलमा घरेलु टिमले प्रस्तुत गरेको १६४ रनको लक्ष्य पाकिस्तानले २६.३ ओभरमा एक विकेट गुमाएर भेटायो । 

पाकिस्तानको जितमा सैम अयुबले ८२ रन बनाए । ओपनर अयुवले ७१ बलमा पाँच चौका र ६ छक्का प्रहार गरे । उनले पहिलो विकेटका निम्ति अर्का ओपनर अब्दुल्लाह सफिकसँग १३७ रनको साझेदारी गर्दै पाकिस्तानलाई सहज जितउन्मुख गराएका थिए । 

Dabur Nepal
NIC Asia

सफिकले ६९ बलमा चार चौका र तीन छक्कासहित ६४ रन बनाए । बाबर आजम १५ रनमा अविजित रहे ।

अस्ट्रेलियाका एडम जाम्पाले एक विकेट हात पारे । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले ३५ ओभरमा सबै विकेट गुमाएर १६३ रन बनाएको थियो । 

अस्ट्रेलियाका स्टिभ स्मिथले ३५ रन बनाए । म्याथ्यु सर्टले १९ रन थप्दा एडम जाम्पा र जस इंग्लिसले समान १८ रन जोडे । ग्लेन म्याक्सवेलले १६ र आरोन हार्डीले १४ रन बनाए । 

अस्ट्रेलियालाई सस्तैमा समेट्न ह्यारिस रौफले पाँच विकेट लिए । आठ ओभर बलिङ गरेका रौफले २९ रन खर्चिए । साहिन साह अफ्रिदीले तीन विकेट लिँदा नसिम साह र मोहम्मद हसनैनले समान एक विकेट हात पारे ।

जितसँगै तीन खेलको शृंखलामा पाकिस्तानले १–१ को बराबरी गरेको हो । यसअघि, पहिलो खेलमा अस्ट्रेलियाले दुई विकेटको जित निकालेको थियो । यी दुई टिमबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल आइतबार हुने तालिका छ । एकदिवसीय शृंखलापछि यी दुई टिमबीच तीन खेलको ट्वान्टी–२० शृंखला हुने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro