site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिमाली जिल्लामा पनि मनाइयो छठ पर्व

म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा पनि छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराईवासी नेपाली र भारतीय नागरिकले छठ पर्व मनाएका हुन् । 

बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलवासीले आज साँझ छठी देवीको पूजाआजा र नदीमा गएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिए । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ । उनीहरूले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिने छन् । 

नुहाएर शुद्ध बस्त्र लगाई व्रत बस्ने गरिएको बेनीमा व्यवसाय गर्दै आएका सञ्जय ठाकुरले बताए । नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायत प्रसाद लिएर नदी किनारमा उभिएका उनीहरूले सूर्यलाई अर्घ्य चढाएका थिए । 

उनीहरूले भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिंगारा, पान, सुपारी, धूप, दीप, अरतक, पात, चना आदिको प्रसाद बनाएर चढाएका थिए । छठ मनाउन जम्मा भएका मिथिलाञ्चलवासीलाई बेनीमा बसोबास गर्ने अन्य समुदायले शुभकामना दिएका थिए । 

म्याग्दीमा विस २०७७ देखि छठ मनाउन सुरु गरिएको हो । सरकारले ०७६ साल फागुनमा म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरेको थियो । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro