site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

सरकारका कामकाज प्रभावकारी बनाउन नेपाली कांग्रेस र नेकपा ९एमाले० ले दलका पदाधिकारीसहितका नेता भएको समन्वय संयन्त्र बनाएको समाचार सार्वजनिक भएको छ । प्रदेश र स्थानीय तहसम्ममा पनि बनाइने भनिएको  यस्तो संयन्त्रको अभ्यास संघबाट सुरु गरिएको हो । स्मरणीय छ, मधेसबाहेक अरू ६ वटै प्रदेशमा एमाले वा कांग्रेसको नेतृत्वमा संयुक्त सरकार बनाइएको छ । 

सत्तामा नभएकाहरूलाई त राज्य शक्तिको अभ्यास गर्ने हुटहुटीले सधैँ सताइरहेको हुन्छ भने सत्ता पक्षका नेताहरूलाई शक्ति केन्द्र बन्ने चाहना हुनु मानवीय स्वभावै हो । तर, लोकतान्त्रिक शासन पद्धतिमा गैरसंवैधानिक शक्ति केन्द्रको अभ्यास सुरु भयो भने व्यवस्थाको जग नै खलबलिन पुग्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपालमा संयुक्त सरकार बन्दामात्र होइन एकल बहुमतकै सरकार सञ्चालन हुँदा पनि सत्ताको भाग खोज्ने र बाँड्ने विकृत अभ्यास बेलाबखत हुनेगरेको छ । ‘सरकारका कामकाज प्रभावकारी’ बनाउने नाममा गठन गरिने संयन्त्रहरू पनि यही विकृत अभ्यासकै उपज हुन् ।

नेपाली कांग्रेस र नेकपा ९एमाले०को संयुक्त सरकारले त कम्तीमा संविधानले नचिन्ने संयन्त्र बनाएर गैरसंवैधानिक शक्ति केन्द्रको अभ्यास नगर्ला कि भन्ने अपेक्षा जनताले गरेका थिए । दुर्भाग्य, सरकारको कामकाजमा मात्र होइन लोकतन्त्रको अभ्यासमा समेत यो सरकार पनि अपवाद बन्न सकेन ।

सरकारको कामकाज प्रभावकारी नभएकोमा सत्तारुढ दलका नेताहरू चिन्तित हुनु स्वाभाविकै हो । नेताहरूले संस्थागतरूपमा सरकारलाई निर्देशन दिने अभ्यास पनि अनुचित होइन । तर, मन्त्रिपरिषद्को समन्वय वा प्रभावकारिताका नाममा गोपनीयताको शपथ नलिएका व्यक्तिहरू भएको संयन्त्र बनाउनु भने संसदीय लोकतन्त्रअनुकूल अभ्यास हुँदैन । 

नेता विशेषको तुष्टीकरणका लागि बनाइने यस्ता संरचनाले दलभित्रै पनि थप असन्तुष्टि बढाउने गर्छ । पञ्चायतजस्तो बन्द सर्वसत्तावादी व्यवस्थामा समेत गैरसंवैधानिक शक्ति केन्द्रको अभ्यास गरिएसँगै व्यवस्थाभित्रै असन्तुष्टि र असहिष्णुता बढ्दै गएको थियो ।  कुनै पनि नाम वा बहानामा गैरसंवैधानिक शक्ति केन्द्रको अभ्यास गर्नु  वा गराउन खोज्नु लोकतन्त्रको मूल मर्ममै प्रहार गर्नु भएको भन्ने यथार्थ सरकारले बुझोस् ।  

विगतमा बनेका यस्ता कथित संयन्त्रहरू कुनैले पनि औचित्य सिद्ध गर्न सकेको उदाहरण छैन । सरकारमा नरहेको नेता विशेषलाई शासन शक्तिमा भएको भान पार्नेबाहेक यस्तो संयन्त्रको अरू उपादेयता पनि देखिएको थिएन । यसपटक पनि अपवाद हुने आधार देखिँदैन ।

विगतमा तल्लो तहमा त झन् यस्तो संयन्त्रका सदस्यले गर्ने शक्तिको अभ्यासले निकै विकृति फैलाएको थियो । यसैले सरकारलाई प्रभावकारी बनाउने नाममा शासकहरूको अर्को जमात खडा गर्ने गैरसंवैधानिक प्रयत्न गर्नुको साटो काम गर्न नसक्ने मन्त्रीहरू परिवर्तन गर्ने बाटो रोज्नुपर्छ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ११:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro