site stats
बाह्रखरी :: Baahrakhari
देश
छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । 

छठ पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले समाजमा विद्यमान वर्गीय, जातीय,  लैंगिकलगायत सबै प्रकारका विभेद, कुरीति एवम् विसंगतीको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने विश्वास व्यक्त गरे । 

Argakhachi Cement Island Ad

राष्ट्रपति पौडेलले छठ पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको लागि शुभकामना व्यक्त गरेका छन् । 

उनले प्रकृतिको पूजा गरिने यस पर्वले समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसंगतीलाई अन्त्य गर्न सहयोग पुगोस् भनी कामना गरेका छन् । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ०५:५६
प्रतिक्रिया दिनुहोस्