site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति पौडेललाई कोप–२९ मा उठाउनुपर्ने विषयबारे सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका सभापति एवं सांसदहरूले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) मा नेपालका तर्फबाट उठाउनुपर्ने विषयबारे सुझाव दिएका छन् ।

सम्मेलन यही कात्तिक २६ गतेदेखि मंसिर ७ गतेसम्म अजरबैजानको बाकुमा हुँदै छ । समितिका सभापति एवं सदस्यहरूले राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रपति पौडेललाई भेटी जलवायु परिवर्तनको असरका कारण नेपालले भोग्नुपरेको जोखिमका सम्बन्धमा अन्तर्राष्ट्रियस्तरमा उठाउनुपर्ने विषयहरू प्रस्तुत गरेका थिए ।

सो अवसरमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, वन राज्यमन्त्री रूपा बिक, प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापामगर, पूर्वाधार विकास समितिका सभापति दिपक सिंह र दुवै समितिका सदस्यहरूको सहभागिता रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  २२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro