site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
उत्रिन लागेको ‘पूर्ण बहादुरको सारङ्गी’ चलाउन विजयले लगाएका थिए यस्तो ‘ट्रिक’  

काठमाडौं । अभिनेता विजय बराल अक्सर चलचित्रमा ‘कमिक वे’मा देखिँदै आएका व्यक्ति हुन् । हिरोलाई ‘बुस्ट’ गराउने चरित्रमा देखिएर दर्शक हसाउनु उनको विशेषता हो ।
 
छोटो रोलमा देखिने, दर्शक हसाउने तर दर्शकको नजरमा भने पर्दै आएका अभिनेता हुन्, विजय । ‘कबड्डी’मा ‘बिके’को क्यारेक्टरमा देखिएपछि दर्शकको नजरमा परेका विजयले सिनेमा त पाइरहे तर प्रमुख भूमिकाका लागि भने ‘पूर्णबहादुरको सारङ्गी’ नै कुर्नुपर्‍यो । 

करिब डेढ दशकको सिनेमायात्रापछि चलचित्रको हिरोका रूपमा विजयले अवसर पाए । पाएको यो अवसरलाई उनले यसरी सदुपयोग गरे ‘पूर्ण बहादुरको सारङ्गी’ले यतिबेला देशभर हाउसफूल अकुपेन्सीमा व्यापार गरिरहेको छ । देशभरका शो हाउसफूल छन् । कुल शोको ५० प्रतिशतको हाराहारीमा शो पाउँदा ती सबै शो प्रायः हाउसफूल भइरहेका हुन् । 

Dabur Nepal
NIC Asia

“काम गरिरहँदा र चलचित्र हेरेपछि चल्छ भन्ने त लागेको थियो । तर यो लेवलमा प्रलय नै ल्याउँछ भन्ने चाहिँ कल्पना पनि गरेको थिइनँ,” विजय भन्छन्, “मेरो जीवनमा अब पनि सायद यसरी सिनेमा चल्दैन होला ।” 

बाउ र छोराको इमोसनको कथा र अभिनयले दर्शकलाई तानेको उनको बुझाइ छ । सुरुका तीन दिन सिनेमा हलमा टिकाउन नै कठिन भएको स्मरण गर्दै उनी त्यसपछि बलियो वर्ड अफ माउथले ‘पूर्ण बहादुरको सारङ्गी’ चलेको बताउँछन् । 

“सिनेमा उत्रिन लाग्यो भन्ने भएपछि मैले साथीभाइलाई भनेँ– मलाई सहयोग गर्ने हो भने बेला यही हो । मेरो सिनेमा हेर्न जाओ र जस्तो लाग्छ आफ्नो फेसबुकवालमा लेख,” विजय भन्छन्, “मण्डला थिएटरको एउटा ग्रुप छ, त्यसमा रहेका साथीहरूले हेरेर आफूलाई लागेको कुरा लेख्नुभयो । त्यसपछि रोएका, रुवाएका भिडियो युट्युब र टिकटक भाइरल हुनथाल्यो । त्यसपछि सिनेमा अनेस्पेक्टेड रूपमा हाउसफूल हुन थाल्यो ।”  

विषयप्रधान सिनेमाले विस्तारै बजार पाउन थालेको र आफूजस्ता कलाकारहरूले अवसर पाउँदै गएको उनी बताउँछन् । चलचित्र स्टारडम र राम्रो कथा दुवैले चल्ने बताउने विजय भन्छन्, “मेरो सिनेमा चल्यो भन्दैमा म स्टार भएँ भन्ने भ्रममा छैन । म स्टार होइन । पाएको अवसरलाई सदुपयोग गरेको हुँ । स्टार र कथा दुवैले सिनेमा चल्छ भन्ने लाग्छ ।” 

विषयप्रधान सिनेमा चल्दै जाँदा सहायक भूमिकामा काम गर्दै आएका कलाकारले पनि मुख्य भूमिकामा अवसर पाउने अवस्था रहने उनी बताउँछन् । 

आगामी दिनमा पनि आफू सहायक भूमिकाका लागि तयार रहेको उनी प्रष्ट पार्छन् । “म मुख्य भूमिकामा रहेको चलचित्र चल्यो भन्दैमा म अब सहायक रोलमा काम गर्दिनँ भन्ने छैन । तर त्यो रोलको प्रभाव के हो हेर्छु,” उनी प्रष्ट्याउँछन् ।  

सिनेमा देशभर हाउसफूल भएसँगै लिड क्यारेक्टरका लागि अफर आउन थाल्यो भन्ने जिज्ञासामा उनी भन्छन्, “छैन, सायद मलाईभन्दा पनि निर्माता निर्देशकलाई कठिन भइरहेको होला, सहायक रोल मेरा लागि सोच्नु भएको थियो भने के गर्ने भन्ने भइरहेको होला । यति पैसा अफर गर्छु भन्ने सोच्नु भएकालाई अब कति अफर गर्ने भन्ने भइरहेको होला ।” 

चलचित्रले राम्रो कलेक्सन गर्‍यो भन्दैमा त्यसको सिक्वेल बनाइहाल्नुपर्छ भन्ने मान्यतामा आफू नहेको उनी बताउँछन् । “सिक्वेल बन्नु एक्टरका लागि राम्रो होइन । मेरो सुझाव मान्ने हो भने सिक्वेल बन्नु हुँदैन भन्छु,” विजय भन्छन्, “यदि, पूर्ण बहादुरको सारङ्गीको सिक्वेल बन्ने भयो र मलाई अफर आयो भने सम्भवतः म काम गर्दिन होला । सतप्रतिशत गर्दिन त भन्दिनँ तर २५ प्रतिशत होल्ड नै गर्छु होला ।” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro