अर्थ व्यवसाय
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र अनलाइन बजार दराज केयमु प्रा.लि.बीच दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । छुट योजना नोभेम्बर ११ (कार्तिक २५ गते) देखि लागु हुनेछ ।
सिटिजन्स बैंकमा खाता रहेका ग्राहकले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुई हजारसम्मको छुट पाउनेछन् । क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम दुई हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१ १६:५६
प्रतिक्रिया दिनुहोस्