site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पञ्चेश्वरको डीपीआर अघि बढाउन भारतसँग ऊर्जामन्त्री खड्काको अनुरोध

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सी आर पाटिलबीच भेटवार्ता भएको छ । भारतको नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा आज भएको दुई मन्त्रीबीचको भेटमा पञ्चेश्वर आयोजनालाई अगाडि बढाउने र बाढी नियन्त्रण, विकास र क्षमता अभिवृद्धिलगायत विविध पक्षमा छलफल भएको थियो ।

भेटमा ऊर्जामन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापनसम्बन्धी संयुक्त समितिको बैठक चाँडो बोलाउनुका साथै पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रूप दिन भारतलाई अनुरोध गरेका छन् । ऊर्जामन्त्री खड्काले टनकपुरदेखि नेपाल भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकोमा भारत सरकारलाई धन्यवाद दिए ।

भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रूप दिन र आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताएको मन्त्रीको भनाइ उद्दृत गर्दै भेटमा सहभागी उर्जा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro