site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

बर्खायाम सकिनै लाग्दा भएको अतिवृष्टिका कारण देशैभर बाढी, पहिरो, डुबान र कटानबाट अकल्पनीय क्षति भयो । किसानहरू त्यसबाट बढी मर्कामा परेका थिए । त्यतिबेला जोगिएको कतिपय किसानको बाली तिहारपछि परेको कुबेलाको वर्षाले सखाप पारेको छ ।

खेतमा धान पाकिसकेकाले भित्र्याउने तयारीमा लागेका किसानहरूको बाली पानीले बिगारेको छ । धान काटेर सुकाउनका लागि खेतमा पाँजा लगाएर राखिएकै बेला पानी दर्केपछि धान र पराल दुवै बिग्रेर किसानको वर्षदिनको परिश्रम खेर गएको हो । 

यस हानिका लागि दोष किसानको भाग्यलाई नै त दिने होला ! सरकारले मौसमको जिम्मा लिँदैन । जलवायु परिवर्तनले मौसमको चक्र नै बिगारेको सबैले स्वीकार गर्छन् तर त्यसको मारमा पर्नेहरूलाई सहयोग भने बिरलै गरिन्छ । सम्भवतः भाग्यलाई दोष दिए। अर्को विपत्तिको सामना गर्न जुर्मुराउनु नेपाली किसानको नियति बनेको छ ।

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

खाद्य सुरक्षा, खाद्यान्नमा आत्मनिर्भरताजस्ता शब्दावली सरकारी दस्ताबेजहरूमा जति दोहोरिए पनि र राज्यको ढुकुटीबाट किसानका नाममा कार्यकर्ता पोस्ने प्रोत्साहनका कार्यक्रम जति चलाइए पनि कृषि उपज बढ्ने सम्भावना भने घट्दै गएको छ । भर नहुने मौसममा भर पर्न परुन्जेल खेती टार्न नमिल्ने बाध्यतामात्र न हो ।  

बाली राम्ररी भित्र्याउन पाउँदा त राम्ररी हिसाब गर्ने हो भने उब्जनीबाट किसानको लगानी बिरलै फर्किन्छ । किसानले त अन्न बेच्न खोज्नेबित्तिकै भाउ घट्छ । उब्जनी बेचेर गर्जो टार्न बाध्य किसानले भाउ पर्खेर बाली राख्न पनि सक्तैन । तैपनि, किसानहरूले खेतीपाती छाडेका छैनन् । 

हुनत, गुजाराका लागि अर्को सजिलो विकल्प नभएर पनि होला तर मूलतः माटोसँग रत्तिएकाहरू सजिलै बिरक्तिँदैनन् । यसैले बर्सेनि घाटाको व्यापार हो भन्ने जान्दाजान्दै पनि किसानहरू खेतीको चक्र दोहोर्‍याई रहन्छन् । किसानहरूको बाध्यता र प्रकृति बुझेका ठालुहरू पनि सधैं उनीहरूलाई आश्वासनकै भरमा टार्छन् ।     

यस्तो विसङ्गति अब धेरै समय कायम रहन नसक्ने लक्षण देखिन थालेको छ । नयाँ पुस्ता कृषिबाट भाग्दै गएको छ । पहाडमा खेतबारी बाँझो रहन थाल्नु यसैको दृष्टान्त हो । यसैले शासकहरूमा अलिकति पनि देशको चिन्ता छ भने खेतबारी बाँझो नरहने उपाय गम्भीरतापूर्वक खोज्नु जरुरी देखिन्छ । 

सम्भवतः  किसानलाई खेतीमा लाग्ने परिश्रम र लगानीको मूल्य फर्कनेमा ढुक्क बनाउन सके खेतबारी बाँझै रहनेछैनन् । यसका लागि सामान्य अवस्थामा कृषि उपजको न्यूनतम मूल्य राज्यले सुनिश्चित गर्ने, कृषिमा किसानले थेग्नसक्ने प्रविधि र औजारहरूको प्रयोग बढाउने गरिएमा किसानहरू खेतीपातीबाट विमुख हुनेछैनन् । 

तैपनि बेमौसमी वर्षा, खडेरी, हिमपातजस्ता प्रकोपबाट जोगाउन नसके किसानले बाली भित्र्याउन पाउछन् नै भन्न सकिँदैन । प्रकृतिको बेमौसमी प्रकोप अहिले नियमित आकस्मिकता बनिसकेको छ । जलवायु परिवर्तन रोक्न नसकिने अवस्थामा पुगिसकेको छ । यसैले नेपालजस्तो देशले आफ्ना नागरिक र त्यसमा पनि जलवायुसँग प्रत्यक्ष जोडिएको समुदायलाई भरथेग गर्नु जरुरी हुन्छ । 

कृषि विकासका नियमित कार्यक्रमहरूका अतिरिक्त आकस्मिक प्रकोपहरूका कारण नोक्सानी सहनु नपर्ने उपायहरू अवलम्बन गरिएमा सम्भवतः किसानहरू खेतीपाती नछाड्न उत्प्रेरित हुनेछन् । सुरुमा सरकारले सबै प्रिमियम तिरेर पनि किसानलाई बालीको बिमा गर्न प्रोत्साहित गर्नु उचित हुनेछ । सरकारले कार्बन व्यापारबाट कमाएकै पैसाबाट जलवायु परिवर्तनको मारमा परेका किसानलाई सहयोग गरोस् ।   
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १३:४६
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro