site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी निर्वाचनमा मिथ्या र भ्रामक सूचनाको केन्द्र एलन मस्क
फाइल तस्बिर : रोयटर्स ।

काठमाडौं । सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कले अमेरिकी राष्ट्रपति पदको निर्वाचनबारे पोस्ट गरेका मिथ्या र भ्रामक सूचनाले दुई बिलियन भ्युज पाएकाछन् । गैरनाफामूलक संस्था सेन्टर फर काउन्टरिङ डिजिटल हेटले गरेको अध्ययनानुसार मस्कका यस्ता पोस्टमा दुई बिलियन भ्युज छन् ।

विज्ञका अनुसार, चुनावी नतिजामा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने राज्यमा मस्कको कम्पनी एक्सले मिथ्या सूचना फैलाउन मुख्य भूमिका निर्वाह गरेको छ ।

एक्सका प्रवक्ताले भने यसको ‘कम्युनिटी नोट’ प्रयोगकर्तालाई सही र भ्रामक सूचना छुट्ट्याउने काममा प्रभावकारी भएको बताए ।

Dabur Nepal
NIC Asia

मस्कले ट्विटर खरिद गरेर एक्स बनाएपछि ‘कन्टेन्ट मोडरेसन’ फिचर हटाए । उनी हाल डोनाल्ड ट्रम्पको समर्थनमा लागेका छन् ।

एक्समा २०३ मिलियन फलोअर रहेका मस्कले पोस्ट गर्ने मिथ्या र भ्रामक सूचनाको ‘नेटवर्क इफेक्ट’ हुन्छ । उनले गरेका मिथ्या र भ्रामक पोस्ट अन्य सामाजिक सञ्जाल रेडिट, टेलिग्राममा जाने गरेको कार्नेगी मेलन विश्वविद्यालयकी कम्प्युटर विज्ञानकी प्राध्यापक क्याथलिन कार्ली बताउँछिन् ।

यो वर्ष मस्कले निर्वाचनसम्बन्धी गरेका पोस्टमध्ये कम्तीमा ८७ वटालाई तथ्यजाँचकीले भ्रामक र मिथ्या भनेका छन् । सेन्टर फर काउन्टरिङ डिजिटल हेटका अनुसार यी पोस्टहरू दुई बिलियनले हेरका छन् ।

एक लाख १७ हजार फलोअर भएको एउटा एक्स प्रोफाइलले पेन्सिलभियामा मतपत्र नष्ट गरिएको भिडियो पोस्ट गरेको थियो । तथ्यजाँचमा उक्त भिडियो मिथ्या प्रमाणित भयो । एक्सले भने यो भिडियो सेयर गर्ने एकाउन्टलाई कारबाही गरिएको जनाएको छ ।

एक्समा मिथ्या, भ्रामक र षड्यन्त्र सिद्धान्तलाई फैलाउने मामिलामा मस्कको भूमिका स्रोतका रूपमा छ । जर्मन समाचार संस्था डीडब्ल्यूका अनुसार, उनी यस्ता मिथ्या, भ्रामक सूचना पोस्ट मात्र गर्दैनन्, अरूले पोस्ट गरेका रि–पोस्ट समेत गर्छन् ।

समाचार संस्था सीएनएनका अनुसार, मस्कको एक्समा फैलिएका मिथ्या, भ्रामक सूचनाले अमेरिकाको संघीय निर्वाचन आयोगलाई पनि तनाव भएको छ । अमेरिकी राष्ट्रपतीय चुनावी नतिजामा प्रभाव पार्ने ‘स्वीङ’ राज्यहरू पेन्सिलभिया, एरिजोना, मिसिगनमा निर्वाचन अधिकारीहरूले एक्सबाट आउने मिथ्या सूचनाको तथ्यजाँच नै गर्न सकिरहेका छैनन् ।

“हामीले सक्दो प्रयास गरिरहेका छौँ, तर मस्कका अगाडि असफल साबित भइरहेका छौँ,” एरिजोनाका वरिष्ठ निर्वाचन अधिकृत स्टेफन रिचरले भने ।

मस्कका ७०० भन्दा बढी पोस्ट विश्लेषण गरेको एनबीसी न्युजका अनुसार, चुनावी प्रक्रियाबारे भ्रम फैलने गरी पोस्ट गरिएका उनका मिथ्या र भ्रामक सूचनाले अरूभन्दा बढी भ्युज पाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro