site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीले क्षति पुगेको काबेली करिडोर प्रसारणलाइनको पुनर्निर्माण सम्पन्न

काठमाडौं । इलामको माइखोलामा आएको बाढीबाट क्षति पुगेको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको पुनर्निर्माण सकिएको छ ।  गएको असोज १२ गते माइखोलामा आएको बाढीबाट काबेली करिडोर प्रसारणलाइनअन्तर्गत इलामको माई नगरपालिका–१ र ७ स्थित धोद्रेबेँसीमा चार टावरमा क्षति पुगेको थियो ।

सोमबार (हिजो) अपराह्न साढे ४ बजेदेखि प्रसारणलाइन पुनः सञ्चालनमा ल्याइएको हो । योसँगै ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालित आयोजनाहरूले पुनः विद्युत् उत्पादन सुरु गरेका छन् । ती आयोजनाबाट असोज १२ देखि विद्युत् उत्पादन बन्द थियो ।

नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रले संयुक्त रूपमा पुनर्निर्माण कार्य अगाडि बढाएका थिए । प्राधिकरणले प्रसारणलाइनका पाटपुर्जालगायत सामग्री उपलब्ध गराएको थियो । निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले श्रम लागतलगायत खर्च व्यहोरेका प्राधिकरणले जानकारी गराएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro