प्रविधि

काठमाडौं । सामाजिक सञ्जाल एक्सले ब्लक गरिएका व्यक्तिले पनि पब्लिक पोस्ट देख्न सक्ने फिचर सार्वजनिक गरेको छ । योसँगै कुनै पनि प्रयोगकर्ताले पब्लिक अथवा सबैले देख्न सक्ने गरी गरेको पोस्टलाई ती प्रयोगकर्ताले ब्लक गरेको व्यक्तिले पनि देख्न सक्ने भएको हो ।
यस्तै, ब्लकमा परेको व्यक्तिले ब्लक गर्नेको फलोअर र फलोइलिङ लिस्ट पनि देख्न सकिने भएको छ ।
ब्लकमा परेको व्यक्तिले ब्लक गर्नेको पोस्टमा लाइक, कमेन्ट, फलो र म्यासेज गर्न भने पाउने छैन ।
विश्वका अर्बपति एलन मस्कले किनेपछि पहिलेको ट्विटर एवं हालको एक्समा अनेकौँ परिवर्तन गरिएको छ । एक्सको बजार मूल्य र आम्दानी भने उल्लेख्य रूपले बढेको छैन ।
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१ १४:५७
प्रतिक्रिया दिनुहोस्