site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रसिद्ध कलाकार के.के. कर्माचार्यको जीवनीमा आधारित बालचित्रकथा ‘हिलोमा फुलेको फूल’ एक समारोहका बिच लोकार्पण भएको छ । यो चित्रकथाको पहिलो भाग हो ।

नेपाल बालसाहित्य समाजद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा कर्माचार्यको उक्त कृति वरिष्ठ कलाकार हरिप्रसाद शर्माले लोकार्पण गरे । उक्त पुस्तक बालसाहित्यकार विजयराज आचार्यले लेखेका हुन् । 

जीवन भोगाइका यथार्थ तथ्यहरूलाई संवादको शैलीमा लेखिएको र कलाकारकै बाल्यजीवनका विविध पाटा, पात्र र परिवेशलाई सन्दर्भ चित्रका रूपमा प्रस्तुत रंगीन कला चित्र कर्माचार्य स्वयंले बनाएका हुन् । 

एक कलाकारको संघर्षको कथा व्यथासँगै त्यस बखतको काठमाडौंको जीवनशैली, बस्ती, बसोबासका विविध पाटाहरूलाई कलाकार कर्माचार्यले कलात्मक रूपमा उतारिएको वक्ताहरूले बताए ।  

पुस्तकलाई विवेक सिर्जनशील प्रकाशनले प्रकाशनले बजारमा ल्याएको हो । कृति ‘हिलोमा फुलेको फूल’को मूल्य ३०० रुपैयाँ रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१  २२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro