site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सस्तियो ढाकाटोपी, उत्साहित व्यापारी

काठमाडौं । तिहारमा ढाका टोपीको व्यापारबाट ललितपुर पाटनका व्यापारीहरू सन्तुष्ट देखिएका छन् । स्थानीय व्यापारी नहकुल सिलवालले यस वर्ष पनि तिहारमा भाइटीकाका लागि ढाका टोपीको राम्रो व्यापार भइरहेको बताए ।

गत वर्षभन्दा यस वर्ष ढाकाटोपीको मूल्य धेरै सस्तो भएको उनको अनुभव छ । सर्वसाधारणले पनि लगाउन मिल्ने गरी सस्तोमा बजारमा टोपीहरू आएको उनको भनाइ छ । 

Dhakadhopi-1730536141.jpg
"पोहोरको दाँजोमा यस वर्ष एकदम सस्तो भएको छ । विशेष गरेर सानोतिनो वर्गका मान्छेले पनि टोपी लगाउन सक्ने स्थितिको टोपीहरू बजारमा आएका छन् । अरूमा मूल्य बढे पनि टोपीमा घटेर आएको छ । एउटा सर्वसाधारणले लगाउन सक्ने खालको स्थितिमा आएको छ, टोपी । तिहारको कारणले टोपीको व्यापार पनि राम्रै भइराखेको छ," सिलवालले भने ।

Dhakattopi-1730536294.jpg
ढाकाटोपी नेपालको सान भएकाले पछिल्लो समय प्रयोग पनि बढ्दै गएको व्यापारीहरू बताउँछन् ।

नेपालमा दसैँ–तिहार, विवाह, ब्रतबन्धलगायत उत्सवहरूमा ढाकाटोपीको अधिक प्रयोग हुन्छ । विशेष गरी तिहारमा दिदीबहिनीले भाजुभाइलाई उपहारको रूपमा ढाकाटोपी दिने चलन छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro