site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारी प्रकरणमा अनावश्यक विरोध प्रदर्शन : पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी संस्थाको बचत अपचलन प्रकरणमा दोषी देखिएका सबैमाथि अनुसन्धान र कारबाही हुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले संसदीय छानबिन समितिको प्रतिवेदनानुसार सहकारी प्रकरणमा ‘छवि र रवि’देखि दोषी देखिएका सबैमाथि अनुसन्धान र कारबाही हुने बताएका हुन् ।

हरेक दलका प्रतिनिधि सम्मिलित संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्दा सबैले स्वाभाविक रूपमा लिनुपर्नेमा उनले जोड दिए । सहकारी प्रकरणमा अनावश्यक विरोध प्रदर्शन र दोषारोपण गरेर मुलुकलाई अराजकतातर्फ लैजाने षड्यन्त्र भइरहेको उनले उल्लेख गरे । उनले अराजकताका विरुद्ध खबरदारी गर्न कार्यकर्तालाई आग्रह पनि गरे ।

पोखरेलले पार्टी कार्यालय निर्माणका निम्ति एमालेनिकट मीनबहादुर गुरुङले दिएको जग्गा पारदर्शी रूपमा ग्रहण गरिएको र अपारदर्शी ढंगले कुनै कार्य नभएको जिकिर गरे । गुरुङ एमालेनिकट भएकै कारण उनलाई ०६४ सालको संविधानसभा निर्वाचनमा पार्टीका तर्फबाट समानुपातिक सदस्य बन्न प्रस्ताव गरिएको उनले बताए ।

उनले नेपाली कांग्रेस–एमालेबीचको सहकार्य आउँदो निर्वाचनसम्म रहने र त्यसपछि पार्टीले एक्लै चुनाव लड्ने बताए । मुलुकमा संकट देखा परेकाले ठूला दुई दल मिल्नुपरेको भन्दै उनले कांग्रेस–एमालेको गठबन्धनलाई अन्यथा नलिन आग्रह गरे । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro