site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल प्रहरीका दुई डीआईजीको एआईजीमा बढुवाका लागि सिफारिस
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।
      
गृह मन्त्रालय बढुवा समितिको सचिवालयको बुधबार राति बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका दुई डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
      
बढुवा सिफारिस हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल छन् । बढुवा सिफारिस भएका गुरुङ हाल अख्तियार दूरुपयोग अनुसन्धान आयोग टंगाल र ढकाल प्रहरी प्रधान कार्यालय नक्सालको प्रशासन विभागमा कार्यरत छन् । 

बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४) बमोजिम बढुवाका लागि सिफारिस गरेको समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro